उदयपुर । उदयपुरमा ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित शुक्रबार एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ स्थित प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका २२ का अन्दाजी २४ वर्षिय सन्दिप चौधरी पक्राउ परहेको हो ।
लहानबाट गाईघाट तर्फ आउँदै गरेको युवकलाई लालपत्ता प्रहरी चोकीले चेकजाँचको क्रममा मोटर साइकल सहित उनको साथबाट ६६० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेपछि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याएको प्रहरीले जनाएको छ ।









