काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको परिक्षणमा झापाका ६२ बर्षका पुरुषलाई कोरोना भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।
https://www.facebook.com/mohpnep/posts/880756769079510
आज भेटिएका विरामीको आइसोलेशनमा उपचार भईरहेको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।









