काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायाणकाजी श्रेष्ठले सांसद् विकास कोष अनावश्यक मात्र नभइ अनुचित समेत भएको बताएका छन् । सांसद् विकास कोष आवश्यक नभएको भनेर आफूले धेरै पहिल्यैदेखि कुरा उठाएको आएको श्रेष्ठको दावी छ ।
उनले अहिले मुलुक कोरोना भाइरस (कोभिड १९)को संकटमा रहेका कारण सांसद् विकास कोषको खर्च नभएको रकम कोरोना कोषमा राख्न आग्रह समेत गरेका छन् ।
मैले पहिले देखि भन्दै आएको छु, साँसद बिकास कोष आवश्यक छैन मात्र होइन अनुचित छ।अहिले कोभिड-१९ को सँकटको सन्दर्भमा यसको खर्च नभएको रकम ( ज्यादै कम मात्र खर्च भएको होला) कोभिड-१९ कोषमा राखौं र अबदेखि यो शिर्षकमा बजेट नराखौं ।यो सही छ।निर्णय गरिहालौं ।
— Narayan Kaji Shrestha Prakash (@narayankajis) April 11, 2020
प्रवक्ता श्रेष्ठले अवदेखि सांसद् विकास कोष शीर्षकमा बजेट नै नराख्न आग्रह गर्दै यसबारे तत्काल निर्णय गर्नुपर्ने समेत बताका छन् ।
‘मैले पहिले देखि भन्दै आएको छु, सांसद् विकास कोष आवश्यक छैन मात्र होइन अनुचित छ’, प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘अहिले कोभिड–१९ को संकटको सन्दर्भमा यसको खर्च नभएको रकम (ज्यादै कम मात्र खर्च भएको होला) कोभिड–१९ कोषमा राखौं र अबदेखि यो शीर्षकमा बजेट नराखौं । यो सही छ । निर्णय गरिहालौं ।’
मैले पहिले देखि भन्दै आएको छु, साँसद बिकास कोष आवश्यक छैन मात्र होइन अनुचित छ । अहिले कोभिड–१९ को सँकटको सन्दर्भमा यसको खर्च नभएको रकम (ज्यादै कम मात्र खर्च भएको होला ) कोभिड–१९ कोषमा राखौं र अबदेखि यो शिर्षकमा बजेट नराखौं । यो सही छ।निर्णय गरिहालौं ।
कोरोनाको संकटका बेला अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टा गर्ने निर्णय गरेसँगै सांसद् विकास कोषको रकम कोरोना कोषमा राख्नुपर्ने माग उढ्न थालेको बेला प्रवक्ता श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।
संघीय सरकारले सांसद् विकास कोषअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रलाई ६ करोड र प्रदेश सरकारले १ करोड ९२ लाख दिँदै आएका छन् ।
सो रकम राष्ट्रिय योजानामा नपरेका र सांसदले आवश्यक देखेका विकास योजनामा खर्च गर्ने भनिए पनि त्यसको दुरुपयोग हुँदै आएको छ । साभार : नेपालखबर डट कमबाट









