उदयपुर । राहतमा अनियमिता भएका सवालहरु विभिन्न सञ्चारमाध्यमहरुमा आईरहेका बेला उदयपुरको रौतामाई गाउँपालिकाले जिल्लामै सबैभन्दा पहिला राहत विवरण सार्वजानिक गरेको छ ।
गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले एक विज्ञप्ति प्रकाशित गर्दै दाताबाट संकलित रकम र राहतमा खर्च भएको विवरण सार्वजानिक गरेका हुन् । विज्ञप्तिमा पालिका भित्रका ८ वटै वडाका गरिव, विपन्न तथा मजदुरका चार सय ७३ परिवारलाई विभिन्न खाद्यान्न सामग्रीमा ६ लाख ६२ हजार दुई सय रुपैँया खर्च भएको जनाइएको छ ।
राहत प्याकेजमा प्रति परिवार २० केजी चामल, २ केजी दाल, २ केजी नुन, १ लिटर तेल र ४ ओटा हात धुने साबुन गरी एक हजार ४ सय रुपैँया खर्च भएको अध्यक्ष खड्काले बताए । विज्ञप्तिमा वडानं १ मा २३ घर, २ मा ३२ घर, ३ मा १२ घर, ४ मा ३५ घर, ५ मा एक घर ६ मा ४ घर, ७ मा २ सय ३२ घर र ८ मा ३५ घर गरी चार सय ७३ परिवारलाई राहत वितरण गरिएको जनाइएको छ ।
त्यसैगरी विभिन्न क्षेत्रका ३५ संघसंस्था, समाजसेवी, व्यक्ति, दाताहरुबाट ६ लाख ५ हजार ९ सय ५ रुपैँया संकलन भएको अध्यक्ष खड्काले जानकारी दिए । सार्वजानिक गरिएको विवरणअनुसार सबैभन्दा बढि नेपाल कम्युनिष्ट पार्टीका नेता महेश रेग्मीले ७५ हजार रुपैँया सहयोग गरेका छन् ।
त्यसैगरी जिवन विकास बैंक र परि निर्माण सेवाबाट ४२÷४२ हजार, अन्नपूर्ण सामुदायि वन समुहबाट ३५ हजार, नेकपाका जिल्ला कमिटी सदस्य हेम खड्काले ३२ हजार दुई सय, युवा नेता मनोज रानामगरले २८ हजार एक सय, गाउँपालिकाका प्रमुख सल्लाहकार तथा नेकपाका प्रदेश नम्बर १ सदस्य अम्वरबहादुर रायमाझी र समाजसेवी बद्रि बरालबाट २५÷२५ हजार रुपैँया सहयोग भएको अध्यक्ष खड्काले बताए ।
विज्ञप्तिमा भनेका छन्, ‘घरको चुलो बल्न छोडेका पालिका भित्रका हाम्रा जनतालाई सहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दछु ।Õ त्यसअघि भनिएको छ, ‘कोरोना भाईरस (कोभिड–१९) को संकटको यो घडिमा सहयोग गर्ने सबै दातालाई हृदयदेखि नै आभार व्यक्त गर्दछौ ।Õ

तपाईको प्रतिक्रिया