उदयपुर । विश्व स्वास्थ्य संगठनले नेपाल नोवेल कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिममा रहेको संकेत दिएसँगै देश भर कालाबजारी मौलाएको छ । देश भर पेट्रोलियम पदार्थ, खाद्यन्न तथा मेडिकल सामग्रीमा कालाबजारी बढेको भन्दै कटारी नगरपालिकाले ग्यास डिलर, पेट्रोल पम्प संचालक तथा उद्योगी व्यवसायीहरुसँग कालोबजारी हुन नदिन शनिबार छलफल गरेको छ । सर्वदलिय छलफलमा कालाबजारी नगर्न अनुरोध गरेको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए ।
विश्वमै वर्तमान समयमा कोरोनाको महामारी फैलिरहेको सबैलाई सर्वविदितै छ । तर, कटारी नगरपालिका भित्र मौकाको नाममा चौका हान्ने व्यवसायीलाई कारबाही गर्न नगरपालिका पछि नहट्ने मेयर श्रेष्ठले बताए । कोरोना भाइरसले विश्व तहस नहस गरिरहेको र विश्वका धेरै देशहरुले शंकटकालको घोषणा समेत गरिसकेका छन् । नेपालमा त्यस्तो समय आउन नदिन तथा आपतकालीन समयमा सबैले आ–आफ्नो ठाँउबाट सहयोग गर्न जरुरी रहेको बताए ।
यसलाई मध्यनजर गर्दै कोरोनाको महामारी फैलिरहेको अवस्थामा कोरोनाका बारेमा गलत कुरा नगर्न ,दैनिक उपभोग्य बस्तु, मेडिकल सामाग्री लगायत अतिआबश्यक बस्तुको कृतिम अभाब सिर्जना गरि कालोबजारी नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ । उनका अनुसार कटारीमा कालाबजारी मौलाएको खण्डमा नियन्त्रण गर्न जस्तो सुकै कदम चाल्न पछि नहटने बताए । मेयर श्रेष्ठका अनुसार ग्यासमा कालाबजारी भएको सुन्नमा आएपछि ग्यास व्यवसायीसँग छलफल गरी कालाबजारी नगर्न अनुरोध गरेका छौं । यस्तो आपतकालीन समयमा यस्तो गलत कार्य गरेको भेटिएमा कडा कारबाही गरिने मेयर श्रेष्ठले बताए । यदि कसैले उल्लेखित सामग्रीहरुमा कालोबजारी गरेमा कटारी नगरपालिकामा वा आफुलाई तुरुन्त सूचना दिन नगरबासीलाई अनुरोध गरेको मेयर श्रेष्ठले बताए ।
“हामीले सुरुमा अनुरोध गरेका छौं तर त्यसपछि पनि कालोबजारी भएको थाहा पाएमा हदै सम्मको कारबाही गर्छौ” मेयर श्रेष्ठले भने ।
कटारी नगरपालिकाको बसपार्कमा जनचेतनाका लागि हेल्थ डेक्स र कटारी अस्पतालमा आइसोलेसन र सहायता कक्ष स्थापना गरिएको मेयर श्रेष्ठले बताए । उनले सवै वडा तथा बढी भिडभाड हुने ठाउँमा सावुन पानीले हात धुन व्यवस्था मिलाउन अनुरोध गरिएको बताए ।

तपाईको प्रतिक्रिया