त्रियुगा नगरपालिकामा २ सय ५० भन्दा बढीलाई रोजगारको अवसर, फर्म भर्ने अन्तिम म्याद जेष्ठ १७ गतेसम्म
उदयपुर । त्रियुगा नगरपालिकाको आयोजनामा संचालन हुन लागेको वृत्ति परामर्श तथा रोजगार मेलामा २ सय ५० भन्दा बढी युवाहरुले प्रत्यक्ष रुपमा छनौट भएर रोजगार पाउने छन् । बुधबार पत्रकार सम्मेलन गरेर सो जानकारी दिएका हुन् ।
त्रियुगा नगरपालिका, त्रियुगा उद्योग बाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुर, प्रधानमन्त्री रोजगार कार्यक्रमको आयोजनामा जेष्ठ १७ गते (शुक्रबार) विकास निर्माण, होटल, कलकारख...













