विश्वासको मत लिनुअघि नियुक्ति थरिथरिका
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको संवैधानिक परिषद् बैठकले गरेको नियुक्तिका भित्री रहस्यहरू बिस्तारै खुलेका छन् । संसदमा विश्वासको मत लिनु एक दिन अगाडि भएको नियुक्तिमा विभिन्न समयमा गुन लगाएकाहरूलाई प्राथमिकता दिइएको बताइएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा सिफारिश गरिएका डा। हरि पौडेल राष्ट्रपति कार्यालयका सचिव हुनुहुन्छ । उहाँको कार्यकाल तीन वर्ष बाँ...













