काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्‍वास गुमाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्‌मा अस्वीकृत भएको हो ।ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए । विपक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव-बाबुराम भट्टराई) समूहका १ सय २४ जना सांसदले मत दिएका छन् ।

तटस्थमा १५ मत परेको सभामुखले जानकारी गराए ।

एमालेका झलनाथ खनाल-माधवकुमार नेपाल समूहका २७ सांसद अनुपस्थित थिए । सभामुखका अनुसार मतदानमा २ सय ३२ जना सहभागी थिए ।

तपाईको प्रतिक्रिया