उदयपुर । नेपाल पत्रकार महासंघ उदयपुर शाखामा दर्ता सम्पूर्ण उम्मेदबारी रद्द भएको छ । निर्वाचन मर्यादा विपरित निर्वाचन मण्डलका निर्वाचन अधिकृत बद्री प्रसाद काफ्लले नेकपा एमाले केपी ओली निकट पत्रकार संगठन प्रेस चौतारीका उम्मेदबारलाई जिताउँ भन्दै एक विज्ञप्तीमा हस्ताक्षर गरेको फेला परेपछि विवाद उत्पन्न भएको थियो ।
यस्तै निर्वाचन मण्डलले आफुखुशी पद थपघट गरेको, उम्मेदबारी शुल्क तोकिएको भन्दा बढी लिएको लगायत माग राखेर पत्रकारका विभिन्न संगठनहरुले आवाज उठाएपछि निर्वाचन प्रक्रिया पुनः प्रकाशन, नयाँ निर्वाचन समिति परिवर्तन गर्न माग गरेका थिए । नयाँ निर्वाचन अधिकृत परिवर्तन भएपछि उसले गरेको सम्पूर्ण प्रक्रिया नै रद्द गर्दै नयाँ निर्वाचन कार्यातालिका सार्वजनिक भएको छ ।
निर्वाचन अधिकृतले नै कुनै संगठनलाई जिताऔं भन्दै विज्ञप्ती निकाले पछि नेकपा एमाले माधव नेपाल निकट पत्रकार संगठन प्रेस चौतारी उदयपुर, माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस संगठन, क्रान्तिकारी पत्रकार महासंघ, स्वतन्त्र पत्रकारहरुले विरोध जनाएपछि निर्वाचन अधिकृत परिवर्तन गर्दै सम्पूर्ण प्रक्रिया नै रद्द भएको हो ।
निर्वाचनमा नेकपा एमाले ओली निकट पत्रकार संगठनका अध्यक्ष रहने गरी प्रेस युनियनसँग समिकरण भएको छ भने माओवादी केन्द्र निकट पत्रकार संगठनका अध्यक्ष रहने गरी नेकपा एमाले नेपाल निकट पत्रकार प्रेस चौतारीको समिकरण बनेको छ ।

सम्बन्धित समाचार

नेपाल पत्रकार महासंघ उदयपुरको नयाँ निर्वाचन कमिटी गठन गरि पुनः निर्वाचन तालिका सार्वजनिक गर्न माग (विज्ञप्तीसहित)

तपाईको प्रतिक्रिया