बेलका नगरपालिकामा मेयरमा काँग्रेस, उपमेयरमा एमाले विजयी
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा मेयरमा काँग्रेसका उम्मेदबार विजयी भएका छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको तर्फबाट मेयरमा काँग्रेसका उम्मेदबार अशोक कार्कीले १० हजार १२० मत प्राप्त गरी विजयी भएको हो ।
उनले निवर्तमान मेयर दुर्गा कुमार थापालाई फराकिलो मतान्तरले हराउँदै विजयी भएको हो । दुर्गा थापाले ६ हजार ९८० मत प्राप्त गरेका छन् । कार्कीले ३ हजार १४० मतान्तरले जित निकाले...













