हिमाली संघका मजदुरको पुनर्वहाली
उदयपुर / सरकारले यातायात व्यवसायमा सिन्डिकेट अन्त्यको कदमसँगै बेरोजगार बन्न पुगेका उदयपुरका मजदुरको पुनर्वहाली भएको छ । सिन्डिकेट लागू भएसँगै खारेज भएको तत्कालीन हिमाली यातायात व्यवसायी संघका अवकाश प्राप्त मजदुरलाई पुर्नगठित कम्पनी हिमाली यातायात व्यवसायी केन्द्रले पुनर्वहाली गरेको हो ।
पुनर्वहालीको निर्णयसँगै साउन १ गतेदेखि जागिर गुमाएका ५४ जना मजदुरहरू शुक्रबारदेखि साविक झैं काममा फर्केका छ...












