उदयपुरमा थप एक कोरोना संक्रमितको मृत्यु, कोरोनामुक्त हुनेको संख्या ११९५ पुग्यो
उदयपुर । उदयपुरमा आइतबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका १० का ७४ वर्षिय वृद्ध रहेको छ ।
मदन भण्डारी आँखा अस्पतालको आइसोलेशन कक्षमा उपचारको क्रममा वृद्धको मृत्यु भएको हो । योसँगै जिल्लामा मृतकको संख्या ४७ पुगेको छ । जसमा त्रियुगा नगरपालिकामा २५ जना, कटारी नगरपालिकामा ४ जना, बेलका नगरपालिकामा ४ जना, चौदण्डीगढी नगरपालिकामा ९ जना, रौतामाई गाउँपालिकामा १ जना...













