उदयपुर । सरकारमा सहभागी भएलगत्तै उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको बिखण्डनकारी अभिव्यक्तिको विरोधमा उदयपुरको गाईघाटको पिपल चौकमा राष्ट्रिय शक्ति नेपालले महत्तोको पुत्ला दहन गरेको छ ।
संसद विघटन गरी एकपछि अर्को असंवैधानिक कममा अघि बढेका ओली र उनले कामचलाउ बनिसकेपछि पनि आफ्नो सरकारमा नियुक्ति गरेको केही घण्टा नबित्दै ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्ने बिखण्डनकारी अभिव्यक्ति दिएका महतोेलाई राष्ट्रघाती भन्दै नारा सहित महत्तोको पुत्ला दहन भएका हुन् ।

राष्ट्रिय शक्ति नेपाल पार्टीका युवा तथा पार्टी कार्यकर्ताहरुले कोरोना महामारीमा लगाइएको निषेधाज्ञामा पनि देश र लोकतान्त्रिक संविधानको रक्षाको लागि आन्दोलनमा उत्रन बाध्य हुनु परेको बताउँदै देश टुक्राउने अभिव्यक्ति दिने उपप्रधानमन्त्री महतोलाई तुरुन्त बर्खास्त गर्न माग समेत गरेका थिए ।

संविधानको मर्म विपरीत काम गर्ने छैन भनेर सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूहरुले अहिले पनि सञ्चालन गरिरहेको भन्ने अभिव्यक्तिप्रति देश राष्ट्रिय शक्ति नेपालका केन्द्रिय अभियान्ता सागर ठकुरीले जानकारी दिए । देशमा भईरहेको बिकृति, बिसङ्गति बिरुद्ध देशव्यापी कार्यक्रम अन्र्तगत उदयपुरमा पनि पुत्ला दहन कार्यक्रम गरिएको उनले जानकारी दिए ।

केपी ओली नेतृत्वको सरकारले राजेन्द्र महत्तोलाई उपप्रधानमन्त्री बनाएकोमा आफूहरुको घोर आपति रहनुको वक्ताहरुले बताए । वक्ताहरुले बोल्दै राजेन्द्र महत्तोको नागरिकता पनि छानविन गर्नुपर्ने, नागरिकता अध्यादेश खारेज गर्नु पर्ने लगायतका माग रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अभियनता ईन्द्र खड्का, बरिष्ठ उपाध्यक्ष रबिन थापा, सचिव रामबहादुर बुढाथोकीले बोलेका थिए ।

यस्तै उनीहरुले बिदेशी दलाल होसियार, हिन्दु राष्ट्र कायम गर, संबैधानिक राजसंस्था कायम गर, राजेन्द्र महतो मुर्दाबाद् लगायतको नारा लगाएका थिए । कार्यक्रममा अभियनताहरु गिरीधर परियार, उपेन्द्र कार्की, सागर ठकुरी, मोहन खत्री, दिनेश शाही लगायतको उपस्थिती रहेको थियो ।

प्रहरी र राष्ट्रिय शक्ति नेपाल पार्टीका कार्यकर्ता विच जलिरहेको पुत्ला खोसाखोस भएको थियो ।

तपाईको प्रतिक्रिया