उदयपुर । कोभिड विरुद्धको खोप लगाउन भन्दै उदयपुरको बेलका नगरपालिकामा पहुँचबालाहरुले लगाएका छन् । ६२–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर ल्याएको खोप नगरपाालिकाले नितिगत निर्णय गरेर पहुँचबालालाई लगाएका छन ।

सरकारले ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने भन्दै सञ्चालन गरेको खोप अभियानमा राजनीतिक दलका नेता कार्यकर्ता, ६० वर्षमाथिका सवै, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकारले समेतलाई लगाउन बेलका नगरपालिकाका मेयर दुर्गा थापा (स्वस्तिक) ले वडा वडामा पत्रचार गरेका थिए । प्राथमिकतामा परेका यसअघि नै स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, शब बाहान चालक, नगरपालिकाको कर्मचारी, पत्रकार, निजामति कर्मचारी, नेपाल प्रहरी, जनप्रतिनिधिहरुले खोप लगाएपछि छुट भएको भनेर खोप लगाएका छन् ।

जेष्ठ २३ गते कोभिड खोप समन्वय तथा अनुगमन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी तुलसी राम सेढाईको संयोजकत्वमा बैठकले जेष्ठ २५ गतेबाट ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई पहिलो मात्रा लगाउने बैठकको निर्णयमा छ । बैठकले लक्षित वर्गलाई मात्र खोप लगाउन व्यवस्था गर्ने गराउने र सो कार्यको प्रभावकारी अनुगमन कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिबाट गर्ने निर्णय गरेको छ ।
तर, बेलका नगरपालिकामा वडा वडामा नै पत्रचार गरेर छुट भएको ६० वर्षमाथिको उमेर समूह र अग्रपंक्तिमा रहेर काम गर्ने राष्ट्रिय मान्यता प्राप्त दलका १०÷१० जना र स्थानीय दलका ३ जनाका दरले खोप लगाउन आव्हान गरेको छ ।

बेलका नगरपालिकामा ४ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । जेष्ठ २५ गते अर्थात पहिलो दिन १९ महिला र २९ पुरुष गरी ४८ जना र दोस्रो दिन २१० महिला र १९९ पुरुष गरी ४०९ जनाले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख कमल चौधरीले जानकारी दिए । खोप तालिकामा दुई दिन मात्रै थियो ।

नगरपालिकाले थप गरेको अर्को दिन अर्थात जेष्ठ २७ गतेमा २४१ जना पहुँचबालाहरुले खोप लगाएको नगरबासीहरुले गुनासो गरेका छन् । जसमा ५४ जना महिला र १८७ जना पुरुषले खोप लगाएको देखिन्छ । योसँगै बेलका नगरपालिकामा ६५० जनाले खोप लगाएको देखिन्छ ।
पत्रचार भएपछि आफ्ना चिने जानेका र पहुँचका भरमा लक्षित समूहभन्दा बाहिरका व्यक्तिहरुलाई खोप लगाइएको केही नगरबासीहरुले गुनासो गरेको छ । कोभिड संक्रमणको जोखिमलाई लक्षित गरी ज्येष्ठ ६२ देखि ६४ वर्षीय ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने अभियान जिल्लाका आठ वटै पालिकाहरुमा चलिरहेको छ तर खोप अहिले लक्षित समूहभन्दा बाहिरकालाई लगाउन थालिएको भन्दै स्थानीयस्तरबाट विरोध र आलोचना भइरहेको छ । सामाजिक सञ्जालहरुमा समेत लक्षित समूह भन्दा अन्यले खोपले लगाएको भन्दै विरोध र आलोचना भइरहेको छ ।

लक्षित समूहका आफ्न्तहरुका अनुसार गाडी घोडा चल्न नदिने, कोरोना विरुद्धको खोप लगाउने बारे सिमित व्यक्तिहरुलाई मात्रै जानकारी दिइएकोले आफ्नो परिवारको सकैले नलाएको जानकी विश्वकर्माले बताईन् । आफुलाई कोरोना विरुद्धको खोप लगाउने बारे थाह नभएको बताईन् । बेलका नगरपालिकामा लक्षित समूहका पहिलो र दोस्रो दिन गरी ४०९ जनाले लगाएका थिए भने अन्य पहुँचबालाहरुले लगाएको गुनासोहरु आईरहेको छ ।

यस विषयमा बेलका नगरपालिकाका प्रवक्ता मोहन घिमिरेलाई सम्पर्क गर्दा खोप फिर्ता जाने भएर लक्षित वर्गभन्दा बढीलाई खोप लगाएको स्वीकार गरेका छन् । उनका अनुसार अग्रपंक्तिमा खटेर काम गर्ने खोप लगाउन छुट भएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, निजामति कर्मचारी, नेपाल प्रहरी, जनप्रतिनिधि र ६० वर्षमाथिका जेष्ठ नागरिकलाई पनि लगाएको बताए । प्रवक्ता घिमिरेले भने, “अग्रपंक्तिमा रहेर काम गर्ने राजनीतिक दलका प्रतिनिधि, अनुगमन समितिमा रहेका राजनीतिक दलका प्रतिनिधिलाई लगाउने नै पर्ने भएकोले लगाएको जनाएको छ ।”

जुन समयमा सरकारी कर्मचारी सहित कोरोना विरुद्धको अग्रपंक्तिमा खट्ने वर्गलाई लक्षित गरी खोप लगाउन अनुरोध गर्दा प्रजनन शक्ति गुम्ने, कोरोनाको भ्याक्सिन नेपालमा ट्राइल गर्न ल्याएको, फोक्सोमा असर गर्ने, किडनी ड्यामेज गर्ने लगायतका भ्रमक सन्देश फैलाउनेहरु अहिले उनीहरु आफै नै जसरी पनि खोप चाहियो भनेर आउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका एक कर्मचारीले बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीलाई सम्पर्क गर्दा बेलका राजनीतिक दलका प्रतिनिधि, छुट भएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, निजामति कर्मचारी, जनप्रतिनिधि, नेपाल प्रहरी, पत्रकारलाई लगाउने कुनै निर्देशन नदिइएको बताए । उनका अनुसार लक्षित वर्ग भन्दा बाहिरलाई हाम्रो निर्देशिकाले पनि नदिने भएकोले लगाउन नभनेको बताए । उनले भने, “के कसरी लगाएका हुन् लगाउने निर्देशन दिने र लगाउनेले जानुन् ।”

यता प्रमुख जिल्ला अधिकारी तुलसी राम सेढाईका अनुसार दुई चार जना छुट भएकालाई लगाउन भनेपनि यति धेरैलाई नभनेको बताए । उनका अनुसार पहिलो लटमा छुट भएका जेष्ट नागरिकलाई लगाउन भनेपनि राजनीतिक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, निजामति कर्मचारी, जनप्रतिनिधि, नेपाल प्रहरी र पत्रकारलाई नभनेको बताए ।

तपाईको प्रतिक्रिया