उदयपुरमा बसको ढोकाबाट झरेर यात्रुको मृत्यु
उदयपुर । उदयपुरमा आज विहान ५ः५० बजे त्रियुगा नगरपालिका ६ स्थित चुरे जंगलमा ना ६ ख ९२४६ नम्बरको बसको ढोकाबाट झरेर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका बरगाछी बस्ने अन्दाजी ३१ वर्षिय सिजन शर्माको उपचारको क्रममा मृत्यु भएको हो ।
गाईघाटबाट विराटनगर तर्फ गईरहेको बसमा गाईघाटबाट चढेका थिए । बसको पछाडीको सिट खाली हुँदा हुँदै मृतकले जलजले ट्राफिक पोष्ट पार गरेपछि चुरोट खान ढोक...













