उदयपुर । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा उदयपुरको रौतामाई गाउँपालिकाको केन्द्र भुट्टारमा शाखा विस्तार गरेको छ ।

शुक्रबार एक कार्यक्रम विच बैंकले उदयपुरको रौतामाई गाउँपालिका २ स्थित भुट्टारमा शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको हो ।शाखाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरेको प्रति धन्यवाद दिँदै बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे ।

उनका अनुसार यस बैंक मार्फत चाँडै नै सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिक, एकल महिला, दलित बालबालिकाहरुलाई बैंकमा खाता खोलाएर सामाजिक सुरक्षा वितरणको काम अगाडी बढाउने बताए । तत्काल गाउँपालिकाको खाता संचालनको लागि समय लाग्ने अध्यक्ष खड्काले बताए ।

रौतामाई गाउँपालिका केन्द्रमा जानु पर्ने बैंक राष्ट्र बैंकको निर्देशन विपरित रौतामाई गाउँपालिका ७ मुर्कुचीमा स्थापना गरिएको छ । गाउँपालिकाकै पत्रका आधारमा मुर्कुचीमा मेघा बैंक शाखा स्थापना गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया