उदयपुर । उदयपुरगढी गाउँपालिका ६ धप्परमा ३ दिने बंगुर पालन शिपमूलक तालिम सम्पन्न भएको छ । गरिवी निवारणको लागि लद्यु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत दुई जना पुरुष सहित १२ जना बंगुर पालक किसानलाई तालिम दिइएको थियो ।
तालिममा खोर व्यवस्थापन, आहारा व्यवस्थापन, सुगुरमा लाग्ने रोग सम्बन्धि जानकारी, समस्या र उपचारको उपाय, बंगुर व्यवसायमा लाग्दा फाइदा वा बेफाइदा लगायत बारे तालिम दिइएको उदयपुरगढी पशु पंक्षी विकास शाखा प्रमुख शेखर कार्कीले जानकारी दिए । तालिममा ९५ प्रतिशत दलित रहेको थियो भने दोस्रो चरणको तालिम पनि हुने कार्कीले बताए ।

तालिम लिएर व्यवसाय राम्रोसँग गर्न समापनको क्रममा बोल्दै प्रमुख अतिथि उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष सानु राउतले बताईन् । बंगुर पालक कृषकहरु जागरुक भएर आएमा गाउँपालिकाबाट अनुदान पनि उपलब्ध गराउन सकिने बताईन् ।

तपाईको प्रतिक्रिया