उदयपुरगढी गाउँपालिकाको बजेट ७५ करोड ५० लाख
नेपालटार । उदयपुरगढी गाउँपालिकाको गाउँसभाले ७५ करोड ५० लाख ११ हजारको बजेट पारित गरेको छ । गाउँपालिकाको विहिबार नीति तथा कार्यक्रम पारित भएको थियो भने शुक्रबार सम्पन्न गाउँसभाले आगामी आर्थिक बर्ष २०७९/८० को बजेट पास गरेको छ ।
उदयपुरगढीमा चालु तर्फ ६४.८६ प्रतिशत र पुँजीगत तर्फ ३५.१४ प्रतिशत बजेट विनियोजन भएको छ ।
पालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरको अध्यक्षतामा सम्पन्न गाउँ सभाले संघबाट आउने ...












