उदयपुर । उदयपुरमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट गौर बहादुर विश्वकर्माले जिल्ला समन्वय समितिको प्रमुखमा उम्मेदबारी दर्ता गराएका छन् ।
जिल्लाको मुख्य निर्वाचन कार्यालयको निर्वाचन तालिका अनुसार उदयपुरगढी गाउँपालिका ७ का उदयपुरगढी गाउँ कार्यपालिका सदस्य गौरबहादुर विश्वकर्माले समन्वय प्रमुखमा उम्मेदबारी दर्ता गराएको हो ।

केन्द्रीय गबन्धन अनुसार जिसस उदयपुरको संयोजक नेकपा एसको भागमा परेको छ भने नेपाली काँग्रेसले सहसंयोजक र तीन सदस्य, नेकपा माओवादी केन्द्रले चार सदस्य पाएका छन् । जिल्ला समन्वय समितिमा संयोजक र सहसंयोजक गरि ९ जना हुने छ ।

तपाईको प्रतिक्रिया