गाईघाट – उदयपुरमा मदन भण्डारी राजमार्ग अन्तर्गत भातिखर्कमा बोलेरो दुर्घटनामा सोमबार साँझ कुमार बस्नेतको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १३ ढिक बस्ने ५२ वर्षिय कुमार बस्नेतको बोलेरो दुर्घटनामा मृत्यु भएको हो ।
बेल्टारबाट गाईघाट तर्फ आउँदै गरेको बा ९ च ३८४६ नम्बरको बोलेरो अन्दाजी साँझ ६ः१५ बजे त्रियुगा नगरपालिका १३ भातिखर्क नजिक आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख लिला बहादुर श्रेष्ठले जानकारी दिए । दुर्घटनामा बस्नेत गम्भिर घाइते भएपछि उपचारको लागि जिल्ला अस्पताल बोक्से पुर्याएकोमा चिकित्सकले मृत्यु घोषणा गरेको थियो ।

बोलेरो आफै अनियन्त्रित भई भित्तामा ठोकिएर दुर्घटना भएको थियो भने बोलेरो चालक सामान्य घाइते भएको छ । उनको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

मृतक बस्नेत नेकपा एकीकृत समाजवादी त्रियुगा नगर कमिटी सदस्य हुन् ।

तपाईको प्रतिक्रिया