उदयपुर । जिल्ला समन्वय समितिको निर्वाचनमा उदयपुरमा तीन दलिय गठबन्धन र नेकपा एमालेको छुटाछुट्टै प्यानलले उम्मेदबारी दर्ता गराएका छन् । तीन दलिय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी (नेकपा एस) का गौर बहादुर विश्वकर्माले प्रमुख पदमा उम्मेदबारी दिएका छन भने उपप्रमुखमा नेपाली काँग्रेसको तर्फबाट तेज प्रसाद गिरीले उम्मेदबारी दर्ता गराएका छन् ।
यस्तै नेकपा एमालेले इन्द्र राज कार्कीले प्रमुख र हेम कुमारी विश्वकर्माले उपप्रमुखमा उम्मेदबारी दिएको जिल्लाको मुख्य निर्वाचन कार्यालयको सहायक निर्वाचन अधिकृत दिलिप मगरले जानकारी दिएका छन् ।

केन्द्रीय गबन्धन अनुसार जिसस उदयपुरमा गठबन्धन गरिएको नेकपा एसका जिल्ला अध्यक्ष राममणि पोखरेलले जानकारी दिए । उनका अनुसार नेकपा एसले प्रमुख र काँग्रेसले उपप्रमुख सहित तीन सदस्य र माओवादी केन्द्रले चार सदस्य पाएका छन् ।

गठबन्धनको तर्फबाट नेकाबाट खुल्ला सदस्यमा भिमचन्द्र राई र विष्णु कटुवालले उम्मेदबारी दर्ता गराएका छन् भने महिला सदस्यमा मन्जु कुमारी परियारले उम्मेदबारी दिएका छन् ।

नेकपा माओवादी केन्द्रबाट खुल्ला सदस्यमा इन्द्र बहादुर थापाले उम्मेदबारी दिएका छन भने महिला सदस्यमा गोमा कार्की र विन्दा कुमारी विश्वकर्मा र दलित तथा अल्पसंख्यक सदस्यमा लब कुमार राईले उम्मेदबारी दिएका छन् ।

यस्तै एमालेबाट खुल्ला सदस्यमा गणेश बहादुर श्रेष्ठ, तेज बहादुर थापा र सर्वजीत राईले उम्मेदबारी दिएका छन् ।

एमालेबाट महिला सदस्यमा अंगुरा परियार र आशा परियारले उम्मेदबारी दिएका छन् । दलित तथा अल्पसंख्यक सदस्यमा नारायण राईले उम्मेदबारी दिएको छ ।

आजैबाट उम्मेदबारमाथि दाबीविरोध, उजुरी दिने कार्यतालिका रहेको छ । भने असार ८ गते उजुरीउपर जाँचबुझ र निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने र ९ गते ११ बजे देखि १ बजेसम्म मतदान कार्यक्रम रहेको मगरको भनाइ छ ।

जिल्लाका चार नगर प्रमुख तथा उपप्रमुख र एवं चार अध्यक्ष तथा उपाध्यक्षको नतिजाले कुनै दलले एकलौटी रूपमा गठन गर्न नसक्ने अवस्था छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले एलौटी जिल्ला समन्वय समिति गठन गरेको थियो ।

यसपालि एमालेले चौदण्डीगढी नगरपालिकामा मात्र नगर प्रमुख र उपप्रमुखमा जितेको छ । यसैगरी, कटारी नगरपालिका, त्रियुगा र बेलका नगरपालिकामा उपप्रमुख मात्र एमालेले जितेको छ । कटारी, त्रियुगा र बेलका नगरपालिकामा नगरप्रमुखमा नेपाली कांग्रेसले जितेको छ ।

यता रौतामाई, ताप्ली, लिम्चुङबुङ गाउँपालिकामा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उदयपुरगढी गाउँपालिकाका अध्यक्ष एकीकृत समाजवादीले जितेको छ । कांग्रेसले चारै गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

जिल्ला समन्वय समितिको लागि हालसम्म माओवादी केन्द्रसँग तीन भोट, कांग्रेसँग सात भोट, एमालेसँग पाँच र एकीकृत समाजवादीसँग एक भोट रहेको छ । जिसस उदयपुर गठनको लागि एकलौटी बहुमत पु¥याउन नौ भोटको आवश्यक हुन्छ ।

सम्बन्धित समाचार

उदयपुर जिसस प्रमुखमा नेकपा एसबाट गौर बहादुरले मनोनय दर्ता गराए

तपाईको प्रतिक्रिया