उदयपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु

उदयपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु
 उदयपुर । उदयपुरमा रुखबाट लडेर सोमबार दिउँसो करिव ३ बजे एक महिलाको मृत्यु भएको छ । ताप्ली गाउँपालिका १ फलाँटे बस्ने ४५ बर्षीया भरि माया राई रुखबाट लडेर मृत्यु भएको हो । घर नजिकै रहेको जाल्माको रुखमा चढी घाँस झार्ने क्रममा अचानक रुखबाट लडेर घाईते भएकी राईलाई उपचारको लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा घरमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानू...

उदयपुरमा २ सय ५० केजी गाजा सहित दुई पक्राउ

उदयपुरमा २ सय ५० केजी गाजा सहित दुई पक्राउ
उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका २ ताप्लीबाट सोमबार ५ बोरा गाजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स १ च १७६६ नम्बरको जिपमा राखेर सिरहा तर्फ लादै गरेको अवस्थामा ५० केजी अटने ५ बोरामा भरिएको गाजा सहित दुई जना पक्राउ परेको हो । पक्राउ पर्नेमा सिराहको धनगढी नगरपालिकाका ४५ बर्षिय कन्सलाल तामाङ, ३५ बर्षीय मोहनबहादुर तामाङ रहेको इलाका प्रहरी कार्यलय रामपुरझिल्केका प्रहरी हल्दार दिपेन्द्र सिंह...

भारत विरुद्ध बेल्टारमा समेत प्रर्दशन (फोटो फिचरसहित)

भारत विरुद्ध बेल्टारमा समेत प्रर्दशन (फोटो फिचरसहित)
उदयपुर । नेपाली भूभाग मिचेको विषयलाई लिएर उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टारमा समेत भारत सरकार विरुद्ध बिरोध प्रर्दशन गरिएको छ । कालापानीको मुद्धालाई लिएर देशभर आन्दोलन छेडिदा बेल्टारमा समेत भारत बिरोधी प्रर्दशन गरिएको हो । जनज्योति क्याम्पस बेल्टारको अनेरास्ववियु र नेविसंघको अगुवाईमा निकालिएको ¥यालीमा नगरवासीले समेत सहभागिता जनाएका थिए । हाम्रो भूमी फिर्ता गर, भारतीय विस्तारवाद मुर्दाबाद, देशभ...

नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन

नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन
काठमाडौं । संघीय संसदको राज्य व्यवस्था समितिले नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारस्थित समितिको सभाहलमा भएको बैठकमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जनाएकी छिन् ।‘नेपालका शैक्षिक सामाग्रीमा भएका गलत नक्सा सुधार गर्नुका साथै प्रचलनमा ल्याइने नेपालको नक्सामा लिम्पियाधुरासम्मको भूभाग समावेश गरी...

अन्ततः नेपाल सामु भारतले घुडा टेक्दै : सीमा विवाद वार्तामार्फत समाधान गर्न सकारात्मक

अन्ततः नेपाल सामु भारतले घुडा टेक्दै : सीमा विवाद वार्तामार्फत समाधान गर्न सकारात्मक
काठमाण्डौं । नेपाल–भारतका बीच उत्पन्न सीमा विवाद समाधान गर्न भारत सकारात्मक बन्ने संकेत देखिएको छ । नेपाल सरकारले कूटनीतिक र राजनीतिक पहल थाल्ने बताइरहेको बेला भारतले वार्तामार्फत सीमा विवाद समाधान गर्न सकिने बताएको पराराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । तर, औपचारिक रूपमा भारतले वार्तामार्फत सीमा विवाद समाधान गर्ने विषयलाई सार्वजनिक भने गरेको छैन । भारतले आफ्नो नक्सा पुरानै रहेको र सीमा नमिचिएको ...

‘कालापानीमा नेपाली सेना चाहियो’ नौगाड गाउँपालिकाको माग

‘कालापानीमा नेपाली सेना चाहियो’ नौगाड गाउँपालिकाको माग
काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिकाले भारतले आफ्नो भनेर नक्सा जारी गरेको लिपुलेकमा बाह्रै महिना नेपाली सेना तैनाथ गर्न माग गरेको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक अतिक्रमण गरेर भारतले आफ्नो नक्सामा राखेपछि गाउँपालिकाले आपत्ति जनाउँदै सीमा सुरक्षामा बाह्रै महिना नेपाली सेना पठाउन केन्द्र सरकारसँग माग गरेको छ । विज्ञप्ति जारी गर्दै गाउँपालिकाले नेपाली भूमी कब्जा गरेर बसेका भारतीय सेनालाई सधैँक...

भारतले कब्जा गरेको नेपाली भूमि तथ्य र प्रमाणले फिर्ता लिन्छौंः मन्त्री ज्ञवाली

भारतले कब्जा गरेको नेपाली भूमि तथ्य र प्रमाणले फिर्ता लिन्छौंः मन्त्री ज्ञवाली
काठमाडौं/ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी र लिपुलेक समावेश गरिएको भारतीय नक्सा स्वीकार्य नहुने बताएका छन्। आइतबार अनेरास्ववियुका नेताहरुसँग मन्त्रालयमा भारतीय नयाँ नक्साबारे जानकारी गराउँदै कालापानी र लिपुलेक निर्विवाद नेपालको भएको र नक्सा कुनै हालतमा मान्य नहुने स्पष्ट पारे। अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङको नेतृत्वमा गएको टोलीले कालापानी र लिपुलेक लगायत भारतबा...

नेताहरुको एकै स्वर : ‘कालापानी हाम्रो हो, यसको समाधान वार्ताबाट गरिनुपर्छ’

नेताहरुको एकै स्वर : ‘कालापानी हाम्रो हो, यसको समाधान वार्ताबाट गरिनुपर्छ’
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले सिमा विवादलाई सरकारले कूटनीतिक तवरबाट हल गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सिमा विवादबारे सामूहिक धारणा बनाउन शनिबार बोलाएको सर्वदलीय बैठकमा सहभागी भट्टराईले सिमा विवाद हल गर्न अहिले उपयुक्त समय भएको हुँदा सरकारले दह्रो कदम चाल्नुपर्ने सुझाव दिएको बताए । ‘कालापानी, र सुस्ता सिमा विवाद हो भनेर ...

हाम्रा सबै भूभाग फिर्ता हुनुपर्छ, नेपाली काँग्रेस सरकारको साथमा छौं

हाम्रा सबै भूभाग फिर्ता हुनुपर्छ, नेपाली काँग्रेस सरकारको साथमा छौं
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले अतिक्रमण गरेको कालापानी र लिपुलेक फिर्ता गर्न सरकारले चाल्ने जुनसुकै कदममा साथ दिने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै देउवाले नेपाली भूमि फिर्ताका लागि सरकारले गर्ने उच्चस्तरीय राजनीतिक र कुटनीतिक पहलमा प्रतिपक्षको पूर्ण साथ रहने...

कालापानीबाट भारतीय सैनिक फिर्ता हुनु पर्छ : दलका नेताहरुको सुझाव

कालापानीबाट भारतीय सैनिक फिर्ता हुनु पर्छ : दलका नेताहरुको सुझाव
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारको सर्बदलीय बैठकमा नेताहरुले सीमा विवाद राजनीतिक र कुटनीतिक माध्यमबाट सुल्झाउन सुझाव दिएका छन् । भारतले नेपाली भूमि कालापानी र लिपुलेकलाई आफ्नो नयाँ नक्सामा समावेश गर्दा विरोध चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारका लागि सर्बदलीय बैठक बोलाएका थिए । बैठकमा सहभागी भएर समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा अध्यक्ष ...