काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले अतिक्रमण गरेको कालापानी र लिपुलेक फिर्ता गर्न सरकारले चाल्ने जुनसुकै कदममा साथ दिने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै देउवाले नेपाली भूमि फिर्ताका लागि सरकारले गर्ने उच्चस्तरीय राजनीतिक र कुटनीतिक पहलमा प्रतिपक्षको पूर्ण साथ रहने स्पष्ट पारे ।
‘भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भूमि नेपालको हो। कालापानी पश्चिमको नदी महाकाली नदी हो। सो पूर्वका हाम्रा सबै भुभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्छ । यसका लागि हाम्रो पूर्ण साथ रहनेछ’, देउवाले बैठकमा भनेका छन् ।

तपाईको प्रतिक्रिया