रामजानकी मावि मोतिगडाको विव्यासको अध्यक्षमा राजबहादुर कार्की

रामजानकी मावि मोतिगडाको विव्यासको अध्यक्षमा राजबहादुर कार्की
उदयपुर । रामजानकी माध्यमिक विद्यालय मोतिगडाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजबहादुर कार्की निर्वाचित भएका छन् । मंसिर १५ गते भएको निर्वाचनमा खुल्ला सदस्यमा राजबहादुर कार्की, महिला सदस्यमा महावती चौधरी र दलित सदस्यका लागि मेम बहादुर वि.क. विजय भएका थिए । विजय सदस्य मध्ये राजबहादुर कार्कीलाई विव्यास समितिको अध्यक्षमा निर्वाचित भएको हो ।सदस्यहरुमा फुलकुमारी चौधरी, मेघनाथ दाहाल, कोपिला ज्यू...

चिसोले उदयपुरको जनजीवन प्रभावित

चिसोले उदयपुरको जनजीवन प्रभावित
सुखिलाल चौधरी, उदयपुर । मंसिरको अन्तिम साता पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा हिमपात, वर्षासँगै अचानक बढेको सिचोसँगै मंगलबारदेखि चलेको शीतलहरले उदयपुरको जनजीवन कष्टकर भएको छ । पछिल्ला दुई दिनयता बिहानैदेखि हुस्सुसँगै शीतलहर चलेपछि धेरैजना घरबाट बाहिर निस्कन सकेका छैनन् । सडकमा सवारीसाधन पातलो चलेका छन् भने बजारमा पनि चहलपहल कम हुँदै गएको छ । सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलप...

छोराछोरी सरह बिरुवा हुर्काउँदै नेपाली सेना

छोराछोरी सरह बिरुवा हुर्काउँदै नेपाली सेना
काठमाडौं । ‘छोराछोरी हुर्काउनभन्दा यसलाई धेरै मेहनत लागेको छ । यो त अझै सानो छ, ठूलो बनाउन त अझै धेरै समय लाग्छ’, नेपाली सेनाका हवल्दार यमबहादुर गिरी बताउँछन् । नेपाली सेनाको मकवानपुरस्थित राजदमार बेसक्याम्पमा गिरीलगायतको समूह हरेक बिहान तिनै साना बिरुवा हुर्काउन जुट्छ । ‘देशको सेवामा जुट्दा घर परिवार हेर्न पाइएन भन्ने कुनै गुनासो छैन, यी पनि आफ्नै छोराछोरीजस्तै लाग्छन् । यी साना बिरुवाले प...

उदयपुरमा नेकपा विप्लवका केन्द्रीय सदस्य तथा पूर्व सगरमाथा ब्यूरो इन्चार्ज सहित दुई जना पक्राउ

उदयपुरमा नेकपा विप्लवका केन्द्रीय सदस्य तथा पूर्व सगरमाथा ब्यूरो इन्चार्ज सहित दुई जना पक्राउ
उदयपुर । उदयपुरमा नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहका केन्द्रिय सदस्य तथा पूर्व सगरमाथा ब्यूरो इन्चार्ज सहित दुई जना नेतालाई मंगलबार विहान साढे नौ बजे प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले कटारी नगरपालिका ६ रिस्कु धपडबाट नेकपाका दुई नेतालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पूर्व सगरमाथा ब्यूरो ईन्चार्ज तथा पूर्व केन्द्रिय सदस्य भोजपुर षडानन्द नगरपालिका १३ का ४३ वर्षिय देवान स...

थरुहट थारुवान राष्ट्रिय महिला सम्मेलन उदयपुरमा पौष १२ र १३ गते हुने

थरुहट थारुवान राष्ट्रिय महिला सम्मेलन उदयपुरमा पौष १२ र १३ गते हुने
उदयपुर । थरुहट थारुवान राष्ट्रिय मोर्चाको महिला सम्मेलन उदयपुरमा हुने भएको छ । “थरुहट स्वायक्त प्रदेश अधिकारको लागि संविधान संशोधन, थरुहट थारुवान एकता र सशक्त आन्दोलनको लागि महिला सम्मेलन” भन्ने नाराका साथ यहि पौष १२ र १३ गते उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदहमा प्रथम महिला राष्ट्रिसम्मेलन हुने भएको छ ।२७ सदस्य अम्बिका चौधरीको संयोजकत्वमा गठित तयारी समितिले थरुहट थारुवान राष्ट्रिय महिला सम्मेलन ...

नेपाल फोटो पत्रकार महासंघ उदयपुरको अध्यक्षमा गजेन्द्र राई

नेपाल फोटो पत्रकार महासंघ उदयपुरको अध्यक्षमा गजेन्द्र राई
उदयपुर । नेपाल फोटो पत्रकार महासंघ उदयपुरको प्रथम अधिवेशनले सर्वसम्मत रुपमा गजेन्द्र राई चयन भएको छ । ‘पेशागत मर्यादा सबैको माथ, पर्यटन वर्ष २०२० लाई हाम्रो साथ’ भन्ने नाराका साथ प्रथम जिल्ला अधिवेशनबाट गजेन्द्र राई पुनः अध्यक्ष चयन भएको हो । यसअधि गजेन्द्र तदर्थ समितिका संयोजक थिए । गजेन्द्र राई नेपाल पत्रकार महासंघ उदयपुर शाखाका सहसचिव पनि हुन् । उपाध्यक्षमा अप्सरा समाल, सचिवमा देवरनज राई, सहसच...

उपसचिवको कमाइ ५१ लाख मात्रै, सम्पत्ति साढे १० करोड !

उपसचिवको कमाइ ५१ लाख मात्रै, सम्पत्ति साढे १० करोड !
काठमाडौं । तोतापानी भन्सारका निर्वतमान प्रमुख कृष्णबहादुर बस्नेतको ३० वर्षको अवधिमा १० करोड ५६ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको भेटिएको छ । उत्त अवधिमा तलबभत्ता र अन्य सुविधाबापत उनले प्राप्त गरेको रकम ५१ लाखमात्रै हो ।आम्दानी र खर्चको अनुपात गणना गर्दा करिब ३५ लाख रुपैयाँ बचत गरेको उनको छोराछोरी पढाउन मात्रै झन्डै ८७ लाख रुपैयाँ खर्च गरेका छन् । ०४५ मंसिर २९ गतेदेखि लेखापाल भएका उनले आफ्नो आर्जन...

बाबु फरार, आमाको मृत्यु, शिशु अलपत्र

बाबु फरार, आमाको मृत्यु, शिशु अलपत्र
काठमाडौं । सिन्धुपाल्चोक– ६ किलो घुम्ति दुर्घटनामा बसका चालक स्वयम् सपरिवार दोलखाको कालिञ्चोक तीथार्टन गएको खुलेको छ । जिल्लाको इन्द्रावती गाउँपालिका–१० का चालक सुमन तामाङ पत्नी सुनिता र झण्डै नौ महिने काखे शिशु (छोरा) लिएर कालिञ्चोक दर्शन गर्न पुगेका थिए । फर्कँदा सुमनले हाँकेको बा२ख ४४६८ नम्बरको बस दुर्घटना भयो । दुर्घटनामा चालक सुमनले पत्नी गुमाए । दुर्घटनामा निधन भएका १५ मध्ये उनकी पत्नि सुन...

तेहेरो कर विरुद्ध उदयपुरका वन उपभोक्ताहरुको विशाल सभा (फोटो फिचरसहित)

तेहेरो कर विरुद्ध उदयपुरका वन उपभोक्ताहरुको विशाल सभा (फोटो फिचरसहित)
उदयपुर । सामुदायिक वनमा सरकारले लगाएको तेहेरो कर विरुद्ध सोमबार गाईघाटमा विरोध प्रदर्शन गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) उदयपुरको आयोजनामा गाईघाटमा विरोध प्रदर्शन गर्दै विशाल सभा गरेको हो । विरोध सभालाई सम्बोधन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) का केन्द्रीय अध्यक्ष भारती पाठकले अवैज्ञानिक रुपमा लगाइएको तेहेरो कर खारेज गर्न सरकारसँग माग गरेको बताईन् । उनले भनिन, ‘आज भन्दा...

“मलाई कसैले पनि बलात्कारको प्रयास गरेको छैन” : रोशनी शाही

“मलाई कसैले पनि बलात्कारको प्रयास गरेको छैन” : रोशनी शाही
काठमाडौँ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि तत्कालीन सभामुख कृष्णबहादुर महराले जबरजस्ती करणी नगरेको बकपत्र गरेकी छिन् । सोमबार जिल्ला अदालत काठमाडौँमा उपस्थित भएर शाहीले महराले आफूमाथि जबरजस्ती करणीको प्रयास नगरेको भन्दै ‘होस्टाइल’ भएकी हुन् ।तत्कालीन सभामुख महराविरुद्ध लागेको जबरजस्ती करणी प्रयास मुद्दाको साक्षी प्रमाण बुझ्ने प्रक्रिया काठमाडौँ जिल्ला अदालतले आइतबारबाट सुरु गरेको थियो...