उदयपुर । थरुहट थारुवान राष्ट्रिय मोर्चाको महिला सम्मेलन उदयपुरमा हुने भएको छ । “थरुहट स्वायक्त प्रदेश अधिकारको लागि संविधान संशोधन, थरुहट थारुवान एकता र सशक्त आन्दोलनको लागि महिला सम्मेलन” भन्ने नाराका साथ यहि पौष १२ र १३ गते उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदहमा प्रथम महिला राष्ट्रिसम्मेलन हुने भएको छ ।२७ सदस्य अम्बिका चौधरीको संयोजकत्वमा गठित तयारी समितिले थरुहट थारुवान राष्ट्रिय महिला सम्मेलन उदयपुरमा हुने जनाएको छ । सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम कन्चनपुरसम्मका थारु महिलाहरुको उपस्थित हुने सम्मेलन तयारी समितिका संयोजक अम्बिकाले बताईन् । सम्मेलनमा प्रत्येक जिल्लाबाट कम्तिमा १० जना प्रतिनिधिहरुको उपस्थित हुने छ । सम्मेलनले केन्द्रिय अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्यहरु चयन गर्ने छन् । सम्मेलनबाट अम्बिका चौधरी, प्रेमा थारु, राधा चौधरी, प्रेमपती राना, पुष्पा चौधरी, बसन्ती चौधरी लगायत अध्यक्षका आकांक्षी उम्मेदबारहरु हुन् ।
राष्ट्रिय महिला सम्मेलनमा सम्पन्न १३ औं सागमा पदक विजेत थारु राष्ट्रिय खेलाडीहरु सरस्वती चौधरी, नेविका चौधरी, सन्जु चौधरी, मनिषा चौधरी लगायतका खेलाडीहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको संयोजक अम्बिकाले बताईन् ।
यस्तै सम्मेलनमा राना, दाङ, कैलाली तथा नवलपुरको प्रसिद्ध लाठी नाचको साथै आधुनिक तथा पौरानिक गीतहरुको पनि प्रदर्शन हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया