एल्जिना हत्या प्रकरण : अनुसन्धान अन्तिम चरणमा, हत्यारा सार्वजनिक गर्ने तयारी
उदयपुर / बलात्कारपछि हत्या भएको अनुमान गरिएकी एल्जिना खड्काको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । एन्जिलाको बलात्कारपछि हत्या गरेको आशंकामा छ जनालाई नियन्त्रणमा लिएको मध्येबाट हत्यारा रहेको अनुसन्धानबाट पत्ता लागेको छ ।
घटनालाई संकास्पदरुपमा पाएपछि प्रहरीले व्यापक अनुसन्धान बढाउने क्रममा संकास्पद छ जना युवालाई नियन्त्रणमा लिएको थियो । जसमध्ये सोधपुछ, बयानपछि चारजनालाई छाडेको छ भने अनुसन्धानले दुईजन...








