उदयपुर / त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले स्थानीय स्तरको खाना परिकार मेलाद्धारा स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्न यहाँ उदयपुर जिल्ला स्तरीय खाना परिकार मेला लगाउन लागेको स्पष्ट पारेको छ । स्थानीय सरकारले सबै क्षेत्रको ब्यापार ब्यवसायलाई टेवा पु¥याउने भएकाले त्यसको लागि आगामी पुसमा जिल्ला स्तरीय मेलाको आयोजना गर्न नगरपालिकाले सहयोग गर्न लागेको जानकारी दिए ।
यस्तो मेलाले स्थानीय स्तरको उत्पादनलाई टेवा पुग्नुका साथै पर्यटन प्रर्बद्धनमा योगदान पुग्ने नगर प्रमुख चौधरीको भनाई रहेको छ । संस्कृति र कला उत्थानका लागि जुटौं, ब्यापार, ब्यवसाय, उद्योग र पर्यटन बिकास गरौं भन्ने मुल नाराका उदयपुरमा पहिलो खाना परिकार मेला लगाउन लागेको हो ।
जिल्ला होटल ब्यवसायी संघ उदयपुरले आगामी पुस १७ गतेदेखि २३ गते सम्म साता ब्यापी गाईघाटमा खाना परिकार मेला २०७५ लगाउन लागेको हो । मेलाको बारेमा जानकारी दिने उदेश्यले छलफल कार्यक्रमको सोमवार आयोजना गरेको थियो ।
मेलाको आयोजना पछि यस क्षेत्रको बिकासको पूर्वाधार जुन गतिले तयार हुदै गरेको छ त्यसले गति लिने, स्थानीय ब्यापार तथा ब्यवसायमा बृद्धि हुने, बिभिन्न जातजातिको आफनो मौलिक परिकारको बारेमा जानकारी हुने भएकाले गरि उपलब्धी हुने बताए ।
यस्ता कार्यक्रमले आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानमा ब्यापार, ब्यवसाय, शिक्षा, स्वास्थ्य, पर्यटन तथा सेवा क्षेत्रहरुको प्रर्बद्धनमा टेवा पु¥याउन, जिल्ला भरि छरिएर रहेका बिभिन्न जातीय तथा समुदायको ब्यवसाय प्रर्बद्धन प्रतिस्र्धामत्क गुण स्तरीय उत्पादन गरि स्वतन्त्र ब्यवस्थापन पुराना परिकारको संरक्षण र नयाँ परिकारको बिकास गर्ने उदेश्य रहेको बताए ।
कार्यक्रममा त्रियुगा नगरपालिकाको उपप्रमुख देवीकुमारी चौधरी, रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्का, वडा अध्यक्षहरु जयबिक्रम राई, पशुपति चौधरी, बिश्वराज भट्टराई, सुबास निरौला उपस्थिति रहेको थियो भने कार्यक्रमको बारेमा अबधारण पत्र झीगु नेवा पुच गाईघाटका गोपाल श्रेष्ठले प्रस्तुत गरेको थियो । होटल ब्यवसायी संघ उदयपुरका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया