उदयपुर / तीन दिने रेडियो पत्रकारिता तालिम सम्पन्न भएको छ । उदयपरको त्रियुगा नगरपालिका ९ राजावास ओरेक भवनमा कात्तिक १३ गतेवाट सुरु भएको आधारभुत रेडियो पत्रकारिता तालिम विहिवार समपन्न भएको हो ।
ऐरावत सञ्चार समुहका युवा महिला लिडरहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले ३ दिने आधारभुत रेडियो पत्रकारित तालिमको आयोजना गरिएको रेडियो उदयपुरका स्टेशन म्यानेजर अप्सरा समालले बताईन् । ऐरावत सञ्चार समुह र रेडियो उदयपुरको संयुक्त आयोजनामा तालिम संचालन भएको हो ।
३ दिनसम्म सञ्चालन भएको तालिममा सञ्चार, आमसञ्चार भनेको के हो ?, महिलाको दृष्टकोणबाट कसरी समाचार र रेडियो कार्यक्रम उत्पादन गर्ने, रेडियोमा कसरी बोल्ने, रेडियो बजार व्यवस्थापन, प्राविधिक लगायतको विषयमा प्रशिक्षण गराईएको तालिमको प्रशिक्षक सामुदायिक रेडियो प्रसारक संघ अकोरावका सचिव बन्दना दनुवारले वताईन् । तालिममा १५ जना युवा महिला लिडरहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया