दुबई / दुबई प्रहरीले उड्ने मोटरसाइकललाई प्रयोगमा ल्याउने भएको छ ।
सन् २०२० बाट उड्ने मोटरसाइकललाई आफ्नो काममा प्रयोग गर्ने भएको हो ।

अमेरिकाको होभरसर्फ कम्पनीले उड्ने मोटरसाइकल(होभरबाइक) मेलामा अवलोकलनका लागि राखेको थियो । त्यसैलाई सुधार गरेर तयार पारिएको मोटरसाइकल उडाउने प्रशिक्षणमा व्यस्त छन् अहिले दुबई प्रहरीका अधिकारीहरु ।

अब दुबई प्रहरीले यस्तो मोटरसाइकलबाट गस्ती गर्नेंछ ।

यो मोटरसाइकल चलाउन वा उडाउनका लागि सुरक्षाकर्मी नै हुनुपर्छ भन्ने छैन । देशको कानुनले अनुमति दिएको छ भने एक लाख ५० हजार अमेरिकी डलर खर्च गरेर यो मोटरसाइकल आफ्नो बनाउन सकिन्छ । तर उडाउनका लागि भने यसमा जडित नयाँ प्रविधिका बारेमा पोख्त हुनुपर्छ । एजेन्सी

तपाईको प्रतिक्रिया