उदयपुर । दुई हप्तादेखि उदयपुरको विद्युत सेवा अनियमित हुँदा सर्वसाधारणले सास्ती वोहेर्दै आएका छन् । विद्युत नियमित नहुदा सर्वसाधारणको काम रोकिएको मात्र छैन, खानेपानी, संचार संस्थामा छापाखाना, उद्योग व्यवसाय चौपट भएका छन् । २०–२५ मिनेट, एक घण्टा दुई घण्टामा जादै आउदै गर्ने विद्युतमा भोल्टेज नहुनेले जनता आजित भएको छ ।
जिल्लाको त्रियुगा नगरपालिकामा विद्युतमा भोल्टेजन नआउँदा मोतिगडा खानेपानी आपूर्ति बन्द छ । त्रियुगा नदिको पानी तानेर उपयोग गर्दै आएका मोतिगडा चाँप, ठाडी, क्याम्पस डाँडा लगायतका गाउँमा सुद्ध खानेपानीको समस्या छ ।

लहानमा रहेको विद्युत स्टेशनमा गत विहिबार वर्षातसँगैको चट्याङले ६३ एमभिए पावर ट्रान्सफर्मर जलेपछि सिरहा र उदयपुरमा विद्युतमा समस्या आएको हो । सो ट्रान्सफर्मर मर्मतको लागि अझै दुई हप्ता लाग्ने विद्युत प्राधिकरण उदयपुर शाखाका प्रमुख पंकज गोइतले जानकारी दिए । लहान विद्युत स्टेशनको ६४ एमभिए पावर ट्रान्सफर्मर जलेको छ त्यसको ठाउँमा अर्को ट्रान्सफर्मर लगाउन करिव दुई हप्ता लाग्ने प्रमुख गोइतले बताए । ट्रान्सफर्मर बुटबलबाट ल्याएर जडान गर्नु पर्ने छ । सप्तरीको रुपनी सव स्टेशनबाट पनि विद्युत आपूर्तिको लागि काम अगाडी बढिरहेकोले यो समस्या चाँडै हट्ने प्रमुख गोइतले बताए ।

विद्यूत आपूर्तिमा समस्या भएपछि अहिले विद्युत आपूर्ति बैकल्पिक माध्यम ल्याएर दिईरहेको विद्युत प्राधिकरण गाईघाटका सूचना अधिकारी इन्जिनियर सत्य नारायण साहले जानकारी दिए । त्रियुगा नगरपालिकाको लागि अहिले सोलुखुम्बु, ओखलढुंगा हुँदै दिक्तेलको बुइपा सवस्टेशन हुँदै जलजलेबाट वितरण गरिरहेको इन्जिनियर साहले बताए । राष्ट्रिय प्रसारण लाइनको विद्युत नभएकोले गर्दा विद्युत् आपूर्तिमा समस्या भएको इन्जिनियर साहले बताए । सोलु जलविद्युत आयोजनाबाट उत्पादित विद्युतको भोल्टेज तलमाथि भइरहेकोले अहिले सोचे अनुसार विद्युत आपूर्तिमा समस्या भएको इन्जिनियर साहले बताए । सोलु जलविद्युत आयोजनाबाट उत्पादित विद्युतले भोल्टेज तलमाथि भएकोले अनावश्यक विद्युतिय सामग्री नचलाई दिन ग्राहकहरुलाई इन्जिनियर साहले अनुरोध गरेको छ । त्रियुगा नगरपालिकामा अहिले सोलुबाट ३३ केभिए पावरको विद्युत आपूर्ति भईरहेको छ ।

 

तपाईको प्रतिक्रिया