बाजुराको त्रिवेणी १, रामेछाप उमाकुण्ड ५, बागलुङ बडीगाड २ मा नेकपा विजय
काठमाडौं । स्थानीय निर्वाचनमा काँग्रेसले जितेको बाजुराको त्रिवेणी १ छतारामा वडाको उपनिर्वाचनमा नेकपाले जितेको छ । बाजुराको त्रिवेणी १ छतारामा कुल १०३९ मतदाता रहेकोमा ७२७ मत खसेको थियो ।
नेकपाका मनराजे बुढा (मिलन) ले ३६७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी काँग्रेसका खगेन्द्र चदाराले ३४७ मत ल्याए । त्यस्तै राप्रपाका मिनबहादुर ढोलीले २ मत ल्याए । ११ मत बदर भएका निर्वाचन आयोगले जनाएक...










