चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–५ मा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसकी उम्मेद्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई ८६ मतान्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत प्राप्त गरेकी छन्, भने नेकपाका प्रधानले ७५६ मत प्राप्त गरेका छन् ।
यस्तै खैहरहनी ४ मा पनि नेपाली कांग्रेस नै अगाडि रहेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली काँगे्रसका देव बहादुर बस्नेतले ५ सय २५ मत प्राप्त गर्दै अग्र स्थानमा छन् भने नेकपाका बेद बहादुर अधिकारी ४ सय ४० मतले अगाडि बढिरहेका छन् ।









