धुलिखेलमा नेकपाका उमेदवार विजयी

धुलिखेलमा नेकपाका उमेदवार विजयी
काभ्रे–काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ मा नेकपाका उमेदवार विजयी भएका छन् । सत्तारुढ दल नेकपाका उमेदवार देवप्रसाद कोईराला विजयी भएका हुन् । उनले ८६७ मत पाए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार दर्णबहादुर खत्रीले ५८२ मत पाएका थिए । शनिवार सम्पन्न उपनिर्वाचनमा १५०२ मत खसेको थियो ।

उपनिर्वाचन : दुई तिहाईलाई हराउँदै समाजवादी पार्टीले खोल्यो खाता

उपनिर्वाचन : दुई तिहाईलाई हराउँदै समाजवादी पार्टीले खोल्यो खाता
सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका – १ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३४७ मत ल्याएर बिजय हासिल गरेका हुन् । निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रामबिश्वासले ३२८ मत र अर्का सत्तारुढ नेकपाले ३ सय २८ बराबरी मत प्राप्त गरेको छ भने जनमत पाटीले ५२ ल्याएको छ । नेपाली काँग्रेस २३ मत पाएको सर्लाहीका निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकार...

सुन्दरबजार-२ मा पनि नेकपा नै विजयी

सुन्दरबजार-२ मा पनि नेकपा नै विजयी
काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका २ को वडाध्यक्ष पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जितेको छ । शनिबार भएको निर्वाचनमा नेकपाका उम्मेदवार नविनकुमार श्रेष्ठ विजयी भएका हुन् । उनले ९९३ मत पाए । निकटतम प्रतिद्वन्द्वी प्रकाश सेढाईले ४८२ मत पाएका छन् । त्यहाँ नेकपाकै लोकराज पाण्डे विजयी भएका थिए । उनको पद रिक्त भएपछि उपचुनाव भएको हो ।

उपनिर्वाचन : वडाध्यक्षमा नेकपाको चौँथो जित

उपनिर्वाचन : वडाध्यक्षमा नेकपाको चौँथो जित
काठमाडौँ। लम्जुङको सुन्दरबजार नगरपालिका – २ मा मतगणना सकिएको छ । सो वडामा नेकपाका नविन कुमार श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए भने नेपाली काँग्रेसका प्रकाश सँढाईले ४ सय ८२ मत प्राप्त गरे । कुल ११ मत बदर भएको थियो । राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत प्राप्त गरेका छन् । कुलमतमा १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको  छ । यससँगै नेकपाले अहिलेसम्...

सल्यानको कुमाख गाउँपालिका–५ मा नेकपाका बुढा विजयी

सल्यानको कुमाख गाउँपालिका–५ मा नेकपाका बुढा विजयी
सल्यान । कुमाख गाउँपालिकाको वडा नम्बर ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धर्मे बुढा विजयी हुनुभएको छ । आज भएको उपनिर्वाचनमा उहाँले ७९२ मत ल्याएर नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका खड्कबहादुर बोहरालाई पराजित गर्नुभएको हो । जिल्ला निर्वाचन अधिकृत कुलप्रशास पाण्डेले दिएको जानकारी अनुसार नेकपाबाट उम्मेदवार बन्नुभएका धर्मे बुढाथोकी ज्वालाको ७९२, नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभए...

कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका तामाङ विजयी

कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका तामाङ विजयी
कञ्चनपुर । पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उम्मेद्‍वार कृष्णबहादुर तामाङ विजयी हुनभएको छ । उहाँले ५२८ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्‍वार दीपबहादुर तामाङलाई पराजित गर्नु भएको हो ।तामाङले ३१० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिनुभयो । कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो। जसमा ४ मत बदर भएको छ ।

रोल्पाबाट पहिलो सूर्य उदायो : थवाङमा जनकबहादुर बुढा विजयी

रोल्पाबाट पहिलो सूर्य उदायो : थवाङमा जनकबहादुर बुढा विजयी
रोल्पा । रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ मा शनिबार भएको उपनिर्वाचनबाट सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार जनकबहादुर बुढा विजयी भएका छन् । १६.४ प्रतिशत मत खसेको थवाङमा १७४ मत ल्याएर नेकपाका बुढा अध्यक्ष निर्वाचित भए । उनले नेपाली कांग्रेसका कमलबहादुर रोका मगरलाई हराएका हुन् । मगरले २६ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत रमेश ज्ञवालीले जानकारी दिए । उनका अनुसार ९ मत बदर भएको छ । ...

विप्लवका जिल्ला सदस्यद्वारा पार्टी परित्यागको घोषणा

विप्लवका जिल्ला सदस्यद्वारा पार्टी परित्यागको घोषणा
उदयपुर । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका एक जिल्ला कमिटी सदस्यले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । मंङ्सिर १० गते घरबाटै पक्राउ परेकी त्रियुगा नगरपालिका १२ की २८ बर्षिया अनिता गजमेर (पवित्रा)ले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै आफु स्वतन्त्र जीवन जीउन चाहेको बताएकी छिन् । विज्ञप्तिमा आफु विप्लव समुहमा आवद्ध रहेको स्वीकार गर्दै बाँकी जीवन स्वतन्त्र पूर्वक ज...

चाम्लिङ राई ‘दिखुलीपाछा’को बंशावली सार्वजनिक गरिदै

चाम्लिङ राई ‘दिखुलीपाछा’को बंशावली सार्वजनिक गरिदै
उदयपुर । किराँत राई चाम्लिङ अन्तर्गत ‘दिखलीपाछा’को वंशावली सार्वजनिक हुने भएको छ । आफ्ना पूर्खाहरुको इतिहास नालीबेली र बंशको बारेमा पछिल्लो पुस्तालाई जानकारी ताजा बनाउन बंशावली पुस्तक तयार पारी बिमोचन गर्न लागिएको हो । ‘दिखलीपाछा बंशावली पुस्तक बिमोचन तथा ऐतिहासिक पुनरमिलन कार्यक्रम उदयपुर, सुनसरी, खोटाङ, काठमाडौं र पाँचथरलगायतका बिभिन्न ठाउँमा आयोजना गरिने सचिव चुडामण्ी राईले जानकारी दिए । जसअन्...

उदयपुरमा सिलिण्डर बम बिष्फोट गराएको आरोपमा सिद्धान्त राई पक्राउ

उदयपुरमा सिलिण्डर बम बिष्फोट गराएको आरोपमा सिद्धान्त राई पक्राउ
उदयपुर । उदयपुरमा सिलिण्डर बम बिष्फोट गराएको आरोपमा सिद्धान्त राई पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ स्थित वडा कार्यालय लक्षित गरि गत भदौं २ गते सिलिण्डर बम विस्फोट  गराएको आरोपमा सिद्धान्त राई पक्राउ परेको छ । त्रियुगा नगरपालिका १२ स्थित बेचुदास चौधरीको घरमा रहेको गोप्य सूचनाको आधारमा त्रियुगा नगरपालिका १० का ३६ वर्षिय सिद्धान्त राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी विरबहादुर ब...