खोटाङ । खोटाङको साकेला गाउँपालिका वडा नं.३ मा नेकपाकी उम्मेदवार विजयी भएकी छिन् ।
साकेला वडा नम्बर तीनमा शनिवार भएको उपनिर्वाचनमा नेकपाकी उमेदवार शिवकला राईले ३९१ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसले ३७४ मत प्राप्त गरेका थिए । 









