रोल्पा । रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ मा शनिबार भएको उपनिर्वाचनबाट सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार जनकबहादुर बुढा विजयी भएका छन् ।
१६.४ प्रतिशत मत खसेको थवाङमा १७४ मत ल्याएर नेकपाका बुढा अध्यक्ष निर्वाचित भए । उनले नेपाली कांग्रेसका कमलबहादुर रोका मगरलाई हराएका हुन् । मगरले २६ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत रमेश ज्ञवालीले जानकारी दिए । उनका अनुसार ९ मत बदर भएको छ ।
थवाङमा दुई सय ९ मत खसेको थियो । यहाँ एक हजार दुई सय ७४ जना मतदाता भए पनि मतदानमा उत्साहपूर्ण सहभागिता थिएन ।

तपाईको प्रतिक्रिया