काठमाडौं । आज भएको उप निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशभर जित्ने क्रम जारी छ । देशभरबाट अहिलेसम्म नेकपाले नौं वटा वडा जितेको खबर प्राप्त भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ३ मा नेकपाका उमेदवार विजयी भएका छन् ।
दक्षिणकाली नगरपालिका वडा नम्बर ३ मा नेकपाका उमेदवार शिवभक्ति बलामी विजयी भएका हुन् ।
उनले ६१८ मत पाएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवारले २ सय ७८ मत पाएका थिए । मतदानमा १०३६ मत खसेको थियो ।









