प्रदेश १ मा विहिबार सार्वजनिक बिदा

प्रदेश १ मा विहिबार सार्वजनिक बिदा
विराटनगर । प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश–१ सरकारले उधौँली पर्व, ज्यापू दिवस, यामरि पुन्ही र धन्य पूर्णिमाको अवसरमा प्रदेशभरका १४ जिल्लामा सार्वजनिक बिदा दिइएको हो । प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी बिदा दिने उल्लेख गरिसकेको छ । बिहीबार प्रदेश मातहत रहेका सम्पूर्ण स्थानीय तह, शिक्षण संस्था र निकायहरूमा बिदा रहनेछ । संघीय सरकारअन्तर्गत रहेका अन्य कार्यालय खुल्ला रहने ...

पूर्वराजा शाहद्वारा सागमा नेपाली खेलाडीको प्रदर्शन उच्चकोटीको भन्दै बधाई ज्ञापन

पूर्वराजा शाहद्वारा सागमा नेपाली खेलाडीको प्रदर्शन उच्चकोटीको भन्दै बधाई ज्ञापन
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाली खेलाडीहरुको उच्चकोटीको प्रदर्शनको प्रशंसा गर्नु भएको छ । उहाँले मुलुकलाई दिलाएको सफलताप्रति खेलाडीहरुलाई बधाई ज्ञापन पनि गर्नु भएको छ । मंगलबार साँझ एक विज्ञप्ती जारी गर्दै पूर्व राजा शाहले खेलाडीले दिलाएको सफलताले आफु पनि हर्षित बनेको उल्लेख गर्दै नेपालले खेल क्षेत्रमा गरेको विकासका लागि पनि शुभकामना दिनुभएको छ ।उहा...

कास्की–२ मा विद्या विजयी

कास्की–२ मा विद्या विजयी
पोखरा- कास्की–२ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेद्वार विद्या भट्टराई विजयी भएकी छिन्। शनिबार भएको प्रतिनिधिसभाको उपनिर्वाचन नेकपाकी उम्मेदवार भट्टराईले कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतान्तरले हराउँदै विजयी भएकी हुन्। भट्टराईले २४ हजार ३ सय ९४ मत ल्याइन भने पौडेलले १५ हजार ९ सय ९१ ल्याए। ७१ हजार ८ सय ७१ मतदाता रहेकोमा ४५ हजार ५ सय ६३ मत खसेको थियाे।

कास्की २ मा विद्या भट्टराईको फराकिलो अग्रता

कास्की २ मा विद्या भट्टराईको फराकिलो अग्रता
कास्की / कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार विद्या भट्टराईले अग्रता फराकिलो बनाउँदै लगेकी छन् । उनले ६ हजार ७९५ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ९४ मत ल्याएका छन् । मतगणना जारी छ ।

धरान उपमहानगरमा पनि नेकपाका उम्मेदवार अगाडि

धरान उपमहानगरमा पनि नेकपाका उम्मेदवार अगाडि
धरान । धरान उपमहानगरपालिकाको १८, १९ र २० वडाको मतगणना सकिँदा नेकपा उम्मेदवार प्रकाश राईले २३०९ मत हासिल गरेका छन् । उनलाई कांग्रेस उम्मेदवार तिलक राईले टक्कर दिइरहेका छन् । राईले २२९२ मत प्राप्त गरेका छन् ।

पाँचथर : फिदिम- १ मा नेकपा र हिलिहाङ- ७ मा कांग्रेस विजयी

पाँचथर : फिदिम- १ मा नेकपा र हिलिहाङ- ७ मा कांग्रेस विजयी
पाँचथर । फिदिम नगरपालिका–१ मा सतारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गजाधर भट्टराई भारी मत अन्तरले विजयी भएका छन् । भट्टराई ४७४ मत अन्तरले विजयी भएका हुन् । कूल तीन हजार ६७६ मतदातामध्ये दुई हजार ६८२ मत खसेकामा भट्टराईले एक हजार ४४६ मत प्राप्त गरी विजयी भएका हुन् । नेपाली काँग्रेसका उम्मेदवार सुबराज थापाले ९७२ मत पाए । यहाँ यसअघिको चुनावमा काँग्रेसले जितेको थियो । त्यसबेला भट्टराई ...

२२ हजार मत गन्दा काँग्रेस उम्मेदवारको २४ सय ३६ मतले अग्रता

२२ हजार मत गन्दा काँग्रेस उम्मेदवारको २४ सय ३६ मतले अग्रता
काठमाडौँ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भडेलले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले करीब २२ हजार मत गन्दा २४ सय ३६ मतको अग्रता बनाएका छन् । उनले १०३९५ मत ल्याउँदा नेकपा उम्मेदवार डिपी ढकाल (देवीप्रसाद) ले ७ हजार ९५९ मत ल्याएका छन् । यस्तै मजदूत किसान पार्टीका निरज लवजूले २२ सय ४७ मत ल्याएका छन् । मतगणना जारी छ ।

प्रचण्डको गृह जिल्लामा नेकपालाई धक्का, एमालेले एक्लै जितेको तीन वडा गुमाउनु पर्यो

प्रचण्डको गृह जिल्लामा नेकपालाई धक्का, एमालेले एक्लै जितेको तीन वडा गुमाउनु पर्यो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनका तीनवटा वडामा भएको निर्वाचनमा नेकपाका सबै उम्मेदवारहरुले पराजय भोगेका छन् । यसअघि एमालेले एक्लैले जितेका वडामा समेत माओवादी र एमाले मिल्दा समेत कांग्रेसले जित हात पारेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नः ४, वडा नः ५ र भरतपुर महानगरपालिका वडा नः १६ मा वडाध्यक्ष पदमा भएको निर्वाचनमा कांग्रेस उम्मेद...

दाङको घोराही १६ मा पहिले तत्कालिन नेकपा एमाले, अहिले कांग्रेस विजयी

दाङको घोराही १६ मा पहिले तत्कालिन नेकपा एमाले, अहिले कांग्रेस विजयी
दाङ । घोराही उपमहानगरपालिका वडा नं.१६ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । कांग्रेसका उम्मेदवार डाँगी १२२२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी नेकपाका उम्मेदवार केसीले १११७ मत प्राप्त गरेका थिए । डाँगीले प्रतिष्प्रर्धीलाई एक सय ५ ...

कपिलवस्तु शिवराज नगरपालिका १० मा राजपा विजयी

कपिलवस्तु शिवराज नगरपालिका १० मा राजपा विजयी
काठमाडौं । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १० लालपुरमा भएको उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्रले जित हासिल गर्नु भएको छ । निर्वाचन कार्यालयका अनुसार खसेको १ हजार ७ सय २२ मत मध्ये मत ८ सय ६८ ल्याई विजयी हासिल गर्नुभएको हो । उहाँको प्रतिद्धन्द्धी नेपाली काग्रेसका देब भारती ले ४ सय ६५ मत ल्याउनुभएको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट अदालत मनिहारले १ सय ४७, समाजवादी पार्टी नेप...