स्ट्याण्डर्ड भिजन एकेडेमीमा नमूना निर्वाचन सम्पन्न
उदयपुर । शिक्षण सिकाइ प्रक्रिया हुबहु कण्ठ गरेर होइन प्रयोगात्मक ढंगले हुनुपर्छ र प्राप्त ज्ञान व्यावहारमुखी हुनुपर्छ भन्ने मुख्य उद्देश्यका साथ त्रियुगा नगरपालिका ३ मोतिगडामा अवस्थित स्ट्याण्डर्ड भिजन एकेडेमीले निर्वाचन प्रक्रियाद्वारा स्कुल क्याप्टेन, उपक्याप्टेन, हाउस क्याप्टेन र क्लास क्याप्टेनको छनौट गरेको छ । एकेडेमीले विगत २ वर्षदेखि नमुना मतदानबाट क्याप्टेन, उपक्याप्टेन, हाउस क्याप्टेन र क...