उदयपुर – नागरिक उन्मुक्ति पार्टी उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित मशाल जुलुसको कोण सभालाई सम्बोधन गर्दै टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । पार्टीका अध्यक्ष बद्री नारायण चौधरीले कोण सभाको समापन गर्दै टीकापुर घटना राजनीतिक हिसाबले हल गर्नुपर्ने बताएका हुन् ।

टीकापुर आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएको पनि नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । चौधरीले, ‘त्यो आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएकाले सम्मानित सर्वोच्च अदालतबाट (न्यायलय) भन्दा राजनीतिक हिसाबबाटै हल समाधान हुनुपथ्र्यो र पर्छ भन्ने धारणा नागरिक उन्मुक्ति पार्टीको हो ।’ नागरिक उन्मुक्ति पार्टीले विगतमा थुप्रै घटनालाई राजनीतिक आन्दोलनका रूपमा लिइएको जनाएको छ ।

उनले लाल आयोगको प्रतिवेदनले रेशंम चौधरी दोषी ंदेखिए हदैसम्मको कारबाही हुनु पर्ने बताए । कोण सभालाई सम्बोधन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएकोलाई हदैसम्मको कारबाही हुनु पर्ने बताए ।

मंगलबार सर्वोच्च अदालतले टीकापुर घटनामा रेशम चौधरीलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सदर गरेको थियो ।

टीकापुरसहित मधेस आन्दोलनका क्रममा भएका ज्यादती र त्यसको सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्षताको उच्चस्तरीय आयोगको प्रतिवेदन अझै सार्वजनिक भएको छैन ।

आयोगले १४ महिना लगाएर ७ सय ९ पृष्ठ लामो प्रतिवेदन तयार पारी २०७४ मंसिर २९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो । प्रतिवेदन अध्ययनका लागि प्रधानमन्त्री कार्यालयले २०७४ पुस १३ मा गृह मन्त्रालयमा बुझाएकामा हालसम्म गोप्य नै राखिएको छ । तर, प्रतिवेदन सार्वजनिक गर्न सरकारले कुनै तदारुकता देखाएको छैन ।

 

तपाईको प्रतिक्रिया