उदयपुर – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी उदयपुरले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएका जो–कोहीलाई कडा सजायको माग गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जनार्दन गौतम मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पढाउँदै नेकपा एसले यस्तो माग गरेको हो ।

नेकपा एंसका उपाध्यक्ष डेक बहादुर गुरुङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा भनिएको छ, ‘नक्कली भुटानी शरणार्थी प्रकरणले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाल र नेपालीको गौरवमा गम्भिर आँच पुगेको छ । यो घटनाले र ठुला व्यक्तिको नाम मुछीनुले देशले ठुलो लज्जाबोध महसुस गरेको छ । यस्ता घृणीत कार्यमा जो सुकै संलग्न भएपनि कानुनी दायरामा ल्याई कडा सजायको माग गर्दै नेकपा एस उदयपुरले ध्यान आर्कषण गराउन चाहान्छ ।’ नेपाली नागरिकहरुलाई नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेच बिखन र भ्रष्टाचारको ग्राण्ड डिजाईनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी) निकट मोर्चा संगठन खुला रूपमा सडकमा उठेको ज्ञापन पत्रमा उल्लेख छ ।
जघन्य अपराधमा संलग्न भएका सबैलाई कार्बाही गर्न र तिनीहरुलाई कुनै पनि बहानामा दोषमुक्त नबनाउन वा मुद्दालाई कमजोर तथा प्रभाव नपार्न राजनीतिक दलहरु आग्रह गरेको छ । देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा मन्त्रालयका सचिवहरुले नै देशका नागरिकहरुलाई अर्को देशको नक्कली नागरिक बनाई विक्री गर्नु मानव वेचविखनको कार्यमात्र होईन राष्ट्रप्रतिको धोखा र राष्ट्रद्रोही कार्य भएको ज्ञापन पत्रमा उल्लेख छ । यस कुकर्मबाट राष्ट्रको प्रतिष्ठामा गंभीर क्षति भएको ज्ञापनमा जनाएको छ ।

यस काण्डमा संलग्न पूर्व उपप्रधानमन्त्री, मन्त्री, कतिपय दलका उच्चपदस्थ नेता, बहालवाला सांसद, उच्चपदस्य कर्मचारी लगायतका मानिसहरूको भ्रष्ट कुयाकलापलाई आधार बनाएर विभिन्न आवरणका शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने र विविध षडयन्त्र गर्ने काम गरिरहेका प्रति हाम्रो पार्टी गम्भिर देखिएको ज्ञापन पत्रमा उल्लेख छ । संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कुप्रचार गरी देशलाई अराजक परिस्थतितिर लैजान खोजिएको देखिन्छ । नक्कली भूटानी शरणार्थी काण्डलाई आधार बनाएर संसद भित्रैबाट संविधानका विरुद्धसमेत बोल्ने काम गरिएको छ । यसबाट परिवर्तनकामी राजनीतिक शक्तिको मनोबल खसाल्ने प्रयास गरिएको छ ।

विगतका धेरै भ्रष्टाचार काण्ड यत्तिकै बीचैमा सामसुम पारिएका हुँदा आम जनताका मनमनमा कतै यो संगीन मुद्दालाई पनि कमजोर पार्ने काम त भैरहेको छैन भन्ने गंभीर आशंका जन्मिएको छ । हाम्रो पार्टी यो विषयप्रति धेरै नै संवेदशील छ र गर्भीतापूर्वक अध्ययन गरिरहेको छ । कुनै पनि प्रकारको मिलोमतोमा अपराधीलाई उन्मुक्ति दिई जनताको भावनामाथि खेलवाड गर्न थालियो भने त्यो देश र जनतामाथि थप कुठाराघात मात्र हुनेछ भनी हामी सरकारलाई सचेत गराउन चाहन्छौ ज्ञापनपत्रमा उल्लेख छ ।

नेपाल सरकारका अपराध अनुसन्धानमा खटिएका सबै निकायले दृढतापूर्वक अनुन्धानलाई अगाडि बढाउन तथा अपराधीमाथि मुद्दा दायर गर्ने निकायले मुद्दालाई कमजोर बनाउने काम नगरुन् भन्ने हाम्रो गंभीर आग्रह छ ्र मुद्दालाई कमजोर बनाई सामान्य कसुरको रुपमा परिणत गरी घटनालाई ढाकछोप गर्ने षडयन्त्र नगरियोस् भनी यो आपन पत्र प्रस्तुत गरेका छ । नक्कली भुटानी शरणार्थी काण्ड सम्बन्धी अपराधको सम्पूर्ण संजाललाई कानूनको घेराभित्र ल्याई कडाभन्दा कडा कानुनी सजाय दिन हामी सरकारसमक्ष जोडदार माग गरिएको छ ।

नेकपा एसले हालसम्म सरकार र नेपाल प्रहरीले चालेको कदम प्रति साथ र समर्थन रहेको जनाएको छ । नेकपा एस उदयपुर यस भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टचारको मुद्धा मात्रै नभई देशमा भइरहेको हरेक भ्रष्टचारी क्रियाकलापमा तपाईँहरुको ध्यान केन्द्रित होस् र कोही अपराधी कानुनी कारबाहीबाट उम्कन नपाउन र नेपालमा आपराधिक बिmयाकलापको अन्त्य भई नेपाली जनता सुखी र समृद्ध रहुन भन्ने हाम्रो चाहाना रहेको छ’, ज्ञापन पत्रमा भनिएको छ ।

तपाईको प्रतिक्रिया