तिहारको अवसरमा मसुहर समुदायलाई राहत वितरण

तिहारको अवसरमा मसुहर समुदायलाई राहत वितरण
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ उत्राई टोलको मुसहर बस्तिका २५ घरधुरीलाई राहत वितरण गरिएको छ । त्रियुगा नगरपालिका ९ का वडाध्यक्ष धन बहादुर दनुवारको उपस्थितिमा ओरेक नेपाल उदयपुरले राहत सामग्री बितरण गरेको हो । यस वर्षको अविरल वर्षाले मुसहर समुदायको जनजिवन अस्तव्यस्त रहेकोले नजिकिदै गरेको तिहारको अवसर पारेर बाढी पीडितलाई राहत वितरण गरिएको ओरेक नेपाल, उदयपुरका व्यवस्थापक कमला खड्काले बताईन । ...

उदयपुरमा १४ वर्षिय बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

उदयपुरमा १४ वर्षिय बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ
उदयपुर । उदयपुरमा १४ वर्षिया बालिकामाथि जबरजस्तीकरणी गरेको अभियोगमा बुधबार एक जना पक्राउ परेका छन् । बालिका करणी गरेको आरोपमा त्रियुगा नगरपालिका १६ जाल्पा चिलाउने स्थित सिम्लेका २२ वर्षीय रामकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । सोही वडाको एक विद्यालयमा अध्ययनरत बालिकालाई कात्तिक ५ गते अन्दाजी ५ः३० बजेको समयमा विद्यालयबाट घर फर्कने क्रममा जंगलमा राईले पछाडीबाट ज्याकेटले मुख छोपेर घाटीमा थिची जव...

उदयपुरमा मलद्वारभित्र लुकाई छिपाई लागूऔषध ल्याउँदै गरेको एक जना पक्राउ

उदयपुरमा मलद्वारभित्र लुकाई छिपाई लागूऔषध ल्याउँदै गरेको एक जना पक्राउ
उदयपुर । उदयपुरमा लागूऔषधको संजाल यसरी फैलिएको छ कि लागूऔषध नभई नहुनेको जमात कम छैन । लागूऔषध प्रयोग कर्तालाई कसरी लागूऔषध प्रयोग गर्नेमा मात्र होइन कसरी लागूऔषध ल्याउनु पर्छ भन्ने फरक फरक तरिकाहरु अपनाउँदै आएको छ । बुधबार राति ९ः३० बजेको समयमा चौदण्डीगढी नगरपालिका ४ नमुना टोलमा एक जना मलद्वारमा लागूऔषध लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ परेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ७ बस्...

विष्फोटक पदार्थ पटाकासहित महिला पक्राउ

विष्फोटक पदार्थ पटाकासहित महिला पक्राउ
उदयपुर । हिन्दूहरुको महान चाड दशैँ सकिएलगत्तै तिहार पर्वलाई लक्षित गरी तस्करहरुले विभिन्न नाकाबाट विस्फोटक पदार्थ पटाका भित्र्याउन थालेका छन् । नेपालमा प्रतिबन्धित पटाका तस्कर समूहले चोरी निकासीको बाटो प्रयोग गरेर उदयपुर जिल्ला भित्र्याउने गरेको छ । बुधबार मध्यान्ह १२ः०० बजे समयमा त्रियुगा नगरपालिका ३ मोतिगडा रुट भएर भित्रिँदै गरेको ना.३ ख २४७७ नं. को बसमा सवार सप्तरी कन्चनपुर ८ का रेखा यादव र उनल...

पर्यटकको आकर्षण केन्द्र चौदण्डीगढीको भ्युटावर (२२ तस्विरसहित)

पर्यटकको आकर्षण केन्द्र चौदण्डीगढीको भ्युटावर (२२ तस्विरसहित)
सुखिलाल चौधरी, उदयपुर । उदयपुरकै ऐतिहासिक तथा पर्यटकीयस्थल चौदण्डीगढी नगरपालिका १ मा भ्यू–टावर निर्माण भएको छ । चौदण्डीगढी दरबारबाट १ किलोमिटर पश्चिममा पर्ने बतासे डाँडामा भ्यू–टावर निर्माण भएपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकहरुको टावर चढ्न तथा अवलोकनको लागि भिडभाड बढेको छ । २०७२ सालमा शहरी विकास मन्त्रालय, पर्यटन बोर्ड र चौदण्डीगढी नगरपालिकाको सहयोगमा भ्यूटावर निर्माण भएको हो । ५५ लाख ८८ हजार स...

भैंसी र अटो एकआपसमा ठोकिदा अटो पल्टियो : चालकसहित ४ घाइते (तस्विरसहित)

भैंसी र अटो एकआपसमा ठोकिदा अटो पल्टियो : चालकसहित ४ घाइते (तस्विरसहित)
उदयपुर । उदयपुरमा मंगलबार विहान कदमाहा गाईघाट सडक खण्ड अन्तर्गत जलजलेबाट गाईघाट तर्फ आईरहेको अटो र भैंसी एक आपसमा ठोकिँदा अटो पल्टिएको छ । त्रियुगा नगरपालिका ३ स्थित मिलन चोकमा स्थानीयको भैंसी सडकमा उफ्रिएर तिव्रगतिमा रहेका स.१ ह ९७८ नम्बरको अटोलाई ठक्कर दिँदा अटो पल्टिएको थियो । अटो पल्टिदा अटो चालक सहित चार जना घाइते भएको थियो । घाइते हुनेहरुमा त्रियुगा नगरपालिका ४ का ३५ वर्षिय लक्ष्मी थापा, स...

उदयपुरमा तासको खालबाट ६ जना पक्राउ

उदयपुरमा तासको खालबाट ६ जना पक्राउ
उदयपुर । उदयपुरमा तास खेलिरहेको अवस्थामा एक अधिवक्ता सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ ६ बजेको समयमा त्रियुगा नपा ९ राजाबास स्थित बिशाल कार्कीको घरमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ८ बस्ने ६० वर्षिय कृष्ण बहादुर बस्नेत, सोही वडा बस्ने ३४ वर्षिय जयराम चौधरी, ४५ वर्षिय हिमाल खड्का, ३७ वर्षिय दिपक खत्री, त्रियुगा नगरपालिका ९ बस्ने...

नगर प्रमुख सहित ५४ जनाद्वारा रक्तदान

नगर प्रमुख सहित ५४ जनाद्वारा रक्तदान
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदानसँगै रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राई सहित ५४ जनाले रक्तदान गरेको छ । रक्तदान कार्यक्रममा १४ जना महिला सहित ५४ जनाले रक्तदान गरेको थियो । ‘राष्ट्रिय अखण्डताको लागि सबै संस्कार र संस्कृतिहरुलाई सम्मान’ भन्ने मुल नाराको साथ नगरपालिकाको आयोजनामा रक्तदान का...

नेकपा उदयपुरको सपथ ग्रहण सम्पन्न

नेकपा उदयपुरको सपथ ग्रहण सम्पन्न
उदयपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदयपुर जिल्ला कमिटीको सपथ ग्रहण शनिबार सम्पन्न भएको छ । प्रदेश कमिटीले जिल्ला सदस्य टुंग्याएको झण्डै ४ महिनाअघि नै टुंगो लगाए पनि आन्तरिक बिबादका कारण सपथग्रहण हुन नसकेको जिल्ला कमिटी नयाँ १५ सदस्य थपिएपछि साम्य पादै सपथ गराइएको हो । प्रदेश कमिटीले गत असार १३ गतेको निर्णय अनुसार १ सय ४७ सदस्यीय जिल्ला कमिटी गठन भएको थियो । तर, त्यसमा पूर्व ...

स्थानीय तहका जनप्रतिनिधिको तलबभत्ता रोक्न सर्वोच्चको आदेश

स्थानीय तहका जनप्रतिनिधिको तलबभत्ता रोक्न सर्वोच्चको आदेश
काठमाडौ । सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारी र सदस्यले लिइरहेको तलब भत्ता गैरसंवैधानिक भएको ठहर गरेको छ । अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेको रिटटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो ठहर गरेको हो । यो ठहरसँगै अब स्थानीय तहका जनप्रतिनिधिले पाइरहेको तलबभत्ता रोकिएको छ । अधिवक्ता ओलीले भदौ १ गते प्रदेश १ बाहेक ६ वटा प्रदेशले स्थानीय तहका जनप्रतिनिधिले मासिक तलब भत्ता पाउने गरी बनाएको कानु...