उदयपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदयपुर जिल्ला कमिटीको सपथ ग्रहण शनिबार सम्पन्न भएको छ । प्रदेश कमिटीले जिल्ला सदस्य टुंग्याएको झण्डै ४ महिनाअघि नै टुंगो लगाए पनि आन्तरिक बिबादका कारण सपथग्रहण हुन नसकेको जिल्ला कमिटी नयाँ १५ सदस्य थपिएपछि साम्य पादै सपथ गराइएको हो ।
प्रदेश कमिटीले गत असार १३ गतेको निर्णय अनुसार १ सय ४७ सदस्यीय जिल्ला कमिटी गठन भएको थियो । तर, त्यसमा पूर्व एमाले र पूर्व माओबादी दुवैमा चर्को असहमति देखिएपछि ४ महिना अलमल हुन पुगेको हो । अहिले प्रदेशकै निर्णयअ नुसार १५ जना नयाँ थपेर १ सय ६२ सदस्यीय जिल्ला कमिटी बनाइएपछि निर्बिबाद कमिटीलाई प्रदेश इन्चार्ज भिम आचार्यले सपथ गराएका हुन् ।
थपिननेहरुमा पूर्व एमालेबाट १० र पूर्व माओवादीका ५ जना रहेका छन् । असोज ३० गतेको प्रदेश निर्णय अनुसार जिल्ला कमिटीमा पूर्व एमालेबाट ९० र पूर्व माओवादीबाट ७० सदस्य समेटिएका छन् । कमिटीको अध्यक्ष पूर्व माओबादीका विनोद कटुवाल (दिवस) र सचिव पूर्व एमालेका इश्वरमणि राउत छन् । प्रदेशले नगर र गाउँ कमिटी हुँदै वडा कमिटीसम्मका अध्यक्ष र सचिव नाम यसअघि नै टुग्याईसकेको छ ।
जिल्ला सचिव इश्वरमणि राउतका अनुसार सपथ गराइएसँगै उदयपुर नेकपालाई चलायमान गराइने छ । स्थानीय रामजानकी पार्टी प्यालेसमा सपथ ग्रहण कार्यक्रमपछि आन्तरिक प्रशिक्षणसमेत दिइने नेताहरुले बताएका छन् । ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहबाट प्रतिनिधित्व भएको जिल्ला कमिटीमा आवद्ध सदस्यहरुलाई पार्टी चलायमान गराउने विषयमा प्रदेश इन्चार्ज आचार्य, सहइन्चार्ज सावित्री काप्mले र सचिव सुरेशकुमार राई (हिमाल) ले प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।









