सामसङ बन्यो विश्व नम्बर वान मोवाइल कम्पनी
काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले चिनियाँ कम्पनी ह्वावेलाई पछि पार्दै फेरी विश्वको नम्बर वान मोबाइल कम्पनी बन्न सफल भएको छ । मार्केर रिसर्च फर्म क्यानलाइज सहित आईडीसी र काउन्टरप्वाइन्टले जारी गरेको सन् २०२० को तेस्रो त्रैमासिकको आँकडाले यस्तो देखाएको हो ।
आँकडा अनुसार सामसङको बजार हिस्सा २२.७ प्रतिशत पुगेको छ । उक्त अवधिमा कम्पनीले आठ करोड चार लाख स्मार्टफोन बिक्री गरेको छ ।
...













