उदयपुर । उदयपुरमा भारी वर्षा हुने सम्भावना रहेको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाको मापनलाई मध्य नजर गर्दै उदयपुरगढीमा जडान मौसम पूर्वानुमान राडरले त्रियुुगा लगायतका नदीहरुमा आकस्मिक बाढी हुने अनुमान गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले उदयपुरमा थप वर्षा हुने भएकोले त्रियुगा लगायत साना नदिमा आकस्मिक बाढी हुने सम्भावना रहेको जनाएको छ ।
उदयपुरको उदयपुरगढी वर्षामापन केन्द्रमा भारी वर्षामापन भएको जनाउदै जल तथा मौसम विज्ञान विभागले नदि, खोला आसपास र तटिय क्षेत्र र डुवान हुने होचा स्थानमा सतर्क रहन सचेत गराएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले मंगलबार दिउँसोसम्म नदी तथा लगाउ, खहरे नदी आसपास नजान सवैलाई अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया