उदयपुर । जिल्ला अस्पताल उदयपुरमा दुई जनामा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) परिक्षण रिर्पोट पोजेटिभ देखिएको छ । शुक्रबार त्रियुगा नगरपालिका ११ का एक स्थानीय पुरुषको आरडिटी परिक्षण हुँदा रिर्पोट पोजेटिभ देखिएको हो ।
उनी सवारी चालक रहेको बताईएको छ । उनको आरडिटी रिर्पोट पोजेटिभ आएसँगै जिल्ला अस्पतालको आईस्योलेसनमा राखिएको जिल्ला अस्पाल उदयपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जिवनारायण मण्डलले जानकारी दिए । आरडिटी परिक्षणबाट पोजेटिभ देखिने उनी दोस्रो व्यक्ति हुन् । आईस्योलेसनमा राखिएका उनको पिसीआर परिक्षण हुने छ ।
यस अघि जापानबाट आएका गाईघाटका एक स्थानीय पुरुषको आरडिटी रिर्पोट पनि पोजेटिभ आएको थियो । जिल्ला अस्पतालको आईस्योलेसनमा रहेकाको शुक्रबार पिसिआर नमुना स्वाव संकलन लिईएको छ ।
कोरोना परिक्षणमा आरडिटी परिक्षण नै अन्तिम नरहेकाले पिसिआर परिक्षण अनिवार्य गर्ने गरिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । पिसिआर परिक्षणबाट पोजेटिभ देखिए मात्र कोरोना संक्रमित पुष्टि हुने उनले बताए ।
उदयपुरका ४ सय ५० भन्दा बढी पिसिआरको रिर्पोट आउन बाँकी छ । जसमा करिव २ सय भारतबाट आएकाहरुको र अरु यसै जिल्लाका अन्यको रिर्पोट आउँन बाँकी रहेको स्वास्थ्य प्रमुख सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया