उदयपुर । हिजोआज जताततै अनलाइन शपिङ (किनमेल)बारे सुन्न पाइन्छ । कुनै पनि वस्तु खरीद गर्न पहिलेजस्तो बजारभरि घुमेर समय बिताउनुपर्ने झन्झट अब गाईघाट वरिपरिका उपभोक्ता लागि हट्ने छ । घरमै बसेर आफ्नो कम्प्युटर, ल्यापटप र स्मार्टफोनबाट इण्टरनेटमार्फत विभिन्न सामग्री कालिकामार्ट डट कमबाट हेरेर खरीद गर्न सकिन्छ । अनलाइन शपिङ कतिपय मानिसको रुचिको विषयसमेत बन्दै गएकोले यो सुविधा पहिलो पटट उदयपुरमा संचालनमा ल्याउन लागिएको कालिका सप्लायर्स एण्ड टे«डर्सका संचालक सुनिल ठाकुरले जनाएको छ । आफूसँग समय नहुनेहरूलाई यो किनमेलको राम्रो माध्यम बन्ने उनले बताए ।
उनका अनुसार पहिलो चरणमा टेलिभिजन, एसी, फ्रिज, होमथेटर लगायतका इलेक्ट्रोनिक्स सामानहरु राखिने छ । विभिन्न ब्राण्डका मोबाइल, कम्प्युटर र फर्निचरका सामग्रीहरु पनि पहिलो चरणमै अनलाइनमार्फत विक्री वितरण गरिने उनले बताए । उनका अनुसार भविष्यमा किराना पसल आइटम, कपडाको आइटम, जुत्ताको आइटम पनि थपिदै जाने बताए । सामान मगाउनका लागि कालिकामार्टडटकम (Kalikamart.com) मा गई सामान हेर्न सकिन्छ र सोही अनुसार अर्डर गर्न सकिने संचालक ठाकुरले जानकारी दिए ।
उनका अनुसार अनलाइन किनमेल गर्दा कारोबार सञ्चालन गर्ने कम्पनीले सामान ग्राहककै घरमा ल्याइदिने गर्छ, जसलाई चलनचल्तीको भाषामा होम डेलिभरी भनिन्छ । डेलिभरीकै समयमा ग्राहक आफूले खरीद गरेको सामानको बिल भुक्तानी गर्न सकिने छ ।
विभिन्न विशेषताका कारण अहिले नेपाली बजारमा पनि अनलाइन शपिङ लोकप्रिय बन्दै गएकोले उदयपुरबासीका लागि पनि पहिलो पटक अनलाइन शोपिङ संचालनमा ल्याउन खोजेको उनले बताए । उनका अनुसार वेवसाइटमा सामानहरुको लिष्टिङ, प्राजिङ तथा क्याटोगरी गर्ने काम भैइरहेकोले यो सुविधा उदयपुरबासीले चाँडै पाउने संचालक ठाकुरले बताए ।

तपाईको प्रतिक्रिया