उदयपुर सिमेन्ट उद्योग लामो समयदेखि बन्द, तत्काल सञ्चालन गर्न माग गर्दै उद्योगमन्त्रीलाई ध्यानाकर्षणपत्र
उदयपुर - उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालनको माग राख्दै उद्योगमा आबद्ध मजदुरहरु संगठनहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएका छन् । उद्योग सुधारका लागि महाप्रबन्धकको भूमिका प्रभावकारी नभएको भन्दै उद्योगमा क्रियाशिल चार मजदुर संघठनले सोमबार उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूलाई संयुक्त रुपमा ध्यानाकर्षणपत्र पठाएका हुन् ।
समग्र ट्रेड युनियान, नेपाल कारखाना श्रमिक संघ...











