उदयपुर – सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका तीन हजार ४७५ सार्वजनिक विद्यालय छनोट गरेको मध्ये उदयपुरबाट ३९ वटा विद्यालय परेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ११ वटा कम विद्यालय छनौटमा परेको छ । छानिएकामध्ये चारकोठे भवन ११, दुई कोठे भवन ११, आइसिटी ल्याब व्यवस्थापन १७ वटा विद्यालय परेको छ ।
सरकारले चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु ४५ लाख, दुईकोठे भवन निर्माणका लागि रु २२ लाख ५० हजार, आइसिटी ल्याब व्यवस्थापनका लागि रु छ लाख ५० हजार ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान गरेको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका अन्तर्गत ६ वटा विद्यालय मध्ये दुई वटामा चार कोठे भवन निर्माण, दुई वटामा दुई कोठे भवन निर्माण र आइसिटी ल्याब व्यवस्थापन दुई वटा विद्यालय छनौट भएको छ ।
कटारी नगरपालिकाका अन्तर्गत ५ वटा मध्ये एउटामा चार कोठे भवन निर्माण, एउटामा दुई कोठे भवन निर्माण र तीन वटामा आइसिटी ल्याब व्यवस्थापनका लागि विद्यालय छनौट भएको छ ।
चौदण्डीगढी नगरपालिकामा ५ मध्ये एउटामा चार कोठे भवन निर्माण, तीन वटामा दुई कोठे भवन निर्माण र एउटामा आइसिटी ल्याव व्यवस्थापनका लागि बजेट विनियोजन भएको छ ।
ताप्ली गाउँपालिकामा ४ं मध्ये एउटामा चार कोठे भवन निर्माण, एउटामा दुई कोठे भवन निर्माण र ंदुई वटामा आइसिटी ल्याव व्यवस्थापनका लागि विद्यालय छनौटमा परेको छ ।

त्रियुगा नगरपालिकामा ६ वटा मध्ये दुई वटामा चार कोठे भवन निर्माण, एउटामा दुई कोठे भवन निर्माण र तीन वटामा आइसिटी ल्याव व्यवस्थापनका लागि छनौटमा परेको छ ।
बेलका नगरपालिकामा ४ वटा मध्ये दुई वटामा आइसिटी ल्याब व्यवस्थापन र एक÷एक वटा विद्यालयमा चार कोटे र दुई कोठे भवन निर्माणका लागि छनौट भएको छ ।
यस्तै रौतामाई गाउँपालिकामा एक÷एक वटामा चार कोठे र दुई कोठे भवन निर्माण र दुई वटामा आइसिटी ल्याब व्यवस्थापनका लागि दुई विद्यालय छनौटमा परेको छ । लिम्चुङबुङ गाउँपालिकामा दुई वटा विद्यालयमा चार कोठे भवन, एउटामा दुई कोठे भवन र दुई वटामा आइसिटी ल्याब व्यवस्थापनका लागि छनौट भएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमकाे छनौटमा परेका विद्यालयहरु

तपाईको प्रतिक्रिया