उदयपुर – जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको सूचना संचार तथा प्रचार प्रसार उपसमितिले प्रकाशन गरेको २०८० सालको क्यालेण्डरको विमोचन पर्यटकको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिकामा गरेको छ । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा कर कानून, उपभोक्ता सरोकार, उद्योग व्यवसाय संचालन तथा व्यवस्थापन सम्बन्धि अन्तक्रिया कार्यक्रममा २०८० सालको क्यालेण्डर गाउँपालिका अध्यक्ष मेजर राईको प्रमुख अतिथ्यतामा विमोचन गरिएको हो ।
क्यालेण्डर विमोचनमा बोल्दै प्रमुख अतिथि राईले एभरेष्ट भ्यू टपमा जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको कार्यसमिति बैठक पर्यटकको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिका बसाएर ऐतिहासिक कायम गरेको संघलाई धन्यवाद दिएका थिए । उनले व्यवसायिक क्षेत्र सुधार गर्नको लागि पर्यटक अति आवश्यक भएकोले पर्यटन क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायी आग्रह गरेका थिए । उनले पर्यटनले देश समृद्ध हुने भएकोले समृद्धिको पाइला लिम्चुङबुङ गाउँपालिकाको एभरेष्ट भ्यू टपबाट गर्न अनुरोध गरे । उनले भने, ‘सपना देख्नु ठूलो कुरा होइन देखेको सपना पुरा गर्नु नै जनप्रतिनिधिको ठूलो सफलता हो ।’
लिम्चुङबुङ गाउँपालिकाको एभरेष्ट भ्यू टपबाट सर्वोच्च शिखर हिमाल सगरमाथा सहित संसारका ६ ठूला अग्लो हिमालहरु यसै ठाउँबाट हेर्न सकिने बताए । हिमालको हिउ पग्लेर गएपनि हिमालको कालो धब्बाले पनि संसारको मान्छेले एभरेष्ट भ्यू टपले तान्ने बताए । उनले भने, यहि एभरेष्ट भ्यू टपबाट सूर्योदयको साथै सूर्यास्तको राम्रो भ्यू हेर्न सकिने समेत बताए ।
जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका महासचिव सुनिल साह नेपाल भन्सार तथा विमानस्थल सम्बद्ध श्रमिक संघको केन्द्रीय उपमहासचिव र जिल्ला कार्यसमितिको सदस्य किरण देउजा नेपाल मदिरा व्यवसायी महासंघको केन्द्रिय सदस्य र संस्थाका सल्लाहकार नविन राई ब्रोडकाष्टिङ एशोसिएशन अफ नेपालका महासचिवमा निर्वाचित भएकोमा जिल्ला उद्योग वाणिज्य संघले सम्मान गरेको थियो ।
कर कानून, उपभोक्ता सरोकार, उद्योग व्यवसाय संचालन तथा व्यवस्थापन सम्बन्धि अन्तक्रिया तथा क्यालेण्डर विमोचन सहित लिम्चुङबुङ उद्योग वाणिज्य संघलाई पनि पूर्णता दिइएको छ । संघको अध्यक्षमा रमिला राईको नेतृत्वमा ११ सदस्य कमिटी गठन गरेको हो ।
कार्यक्रमको समन्वय आन्तरिक राजश्व सेवा कार्यालय गाईघाट, घरेलु तथा साथा उद्योग कार्यालय उदयपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय उदयपुर र जिल्ला प्रशासन कार्यालय उदयपुरले गरेको थियो ।
कार्यक्रममा विशेष अतिथि गाउँपालिका उपाध्यक्ष पुष्पलाल राई र लिम्चुङबुङ गाउँपालिका ३ का वडाध्यक्ष गुरुमणि कुमाइँले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रमको अध्यक्षता संघको अध्यक्ष चुडामणि कार्की, संचालन महासचिव सुनिल साह र स्वागत रमिला राईले गरेका थिए ।
यस्तो छ जिल्ला उद्योग वाणिज्य संघको वार्षिक क्यालेण्डर