प्रदेश हरित अभियान अन्तर्गत एक लाख ५० हजार निःशुल्क विरुवा वितरण हुँदै
उदयपुर । डिभिजन वन कार्यालय गाईघाटले यसवर्ष १ लाख ५० विरुवा वितरण गर्न लागेको छ । प्रदेश हरित अभियान कार्यक्रम अन्तर्गत जिल्लाका सामुदायिक वन, विभिन्न संघ संस्था र व्यक्तिगत रुपमा निःशुल्क विरुवा वितरण गरिरहेको छ ।
कार्यालयले गत असार २ गतेदेखि विरुवा समेत वितरणको काम शुरु गरेको डिभिजन वन कार्यालय गाईघाटका डिभिजन वन अधिकृत अम्बिका प्रसाद पौडेलले जानकारी दिए । ‘विभिन्न जातको विरुवाहरु उत्पादन गरेक...













